सेक्सका बारेमा आम मानिसका साझा जिज्ञासा

What's This?


Download our app to get more features

एजेन्सी। यौनका बारेमा हाम्रो समाजले सहजै पचाउन नसक्ने भएकाले अझै खुलेर कुरा गर्न सकिँदैन । जटिल समस्या नआएसम्म कसैले पनि यौन समस्पका बारेमा चिकित्सकहरुसँग पनि खुलेर कुरा गर्न सक्दैन । जसका कारण युवा जामतलाई यौनका  बारेमा देखिने सामान्य जिज्ञासाको बारेमा स्पष्ट जानकारी नपाएर विभिन्न भ्रम पालेका हुन्छन् । जसका कारण यौन जीवन पूर्ण नहुँदा कतिपयलाई विभिन्न समस्याले पनि गाँजेको हुन्छ । आम मानिसको मनाम उठ्ने केही जिज्ञासाको बारेमा हामीले केही जानकारी दिएका छौं ।

लिंगको आकारबारे जिज्ञासा 

लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन् । पोर्न फिल्म हेर्नेहरू फिल्मको क्यारेक्टरको जत्रै लिंग भइदियास् भन्ने कल्पना गर्छन् । लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो । यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन । पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ । पार्टनरलाई चरमोत्कर्षमा र्पुयाउन ग्ल्यान्स (छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ । 
चिकित्सकहरुका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन् । लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्राले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो । लिंगको साइजलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ ।

हस्तमैथुन गर्दा हुने फाइदा र बेफाइदा 

नेपालीहरूमा रहेको हस्तमैथुनसम्बन्धी भ्रम चिकित्सकहरूको पनि टाउको दुखाइको बिषय बनेको छ । यौन चाहना मेटाउने यो सुरक्षित उपाय भएपनि अधिकांस युवा युवतीमा भ्रम पैदा हुने गरेको छ । हस्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठुलो जमात छ । म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन् ।

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ । एक सय थोपा रगत बराबर १ थोपा वीर्य हुन्छ भन्ने मान्यता छ । यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफलाई कमजोर भएको ठान्छन् । यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ । पछिल्लो समयमा चिकित्सकहरूले ‘धात सिन्ड्रोम’ भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन् । बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न पे्ररित गरिएको छ । चिकित्सका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो । पिच्च–पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरी कहिल्यै सुक्दैन । वीर्य स्खलन भएर सकिने चिज पनि होइन । अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ । एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले हस्तमैथुन गरेकै हुन्छन् । हस्तमैथुनले विवाहपछि यौनजीवनलाई कुनै असर गर्दैन ।

स्तनको आकारले यौन सुन्तुष्टिमा पर्ने फरक 

महिला र पुरुष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन् । स्तन सानो भएकी महिला ‘श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिन’ँ भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द दली भनेर सोचिरहेको हुन्छ । यी दुवै गलत सोचाइ हन् । स्तन भनेको कस्मेटिक अंग मात्र हो । यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि सेक्समा यसको साइजले कुनै अर्थ राख्दैन । महिलालाई यौन उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ । बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो ।

के दुब्लो मान्छेलाई बढी सेक्स चाहिन्छ ?

दुब्लोलाई सेक्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ । तर, यसमा कुनै सत्यता छैन । चिकित्सकका अनुसार स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ । कसैलाई स्लिम केटीहरू सेक्सी लाग्छन् भने कसैलाई मोटा । यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो । त्यसैले मोटा जति सबै सेक्स नै नगरी बस्छन् भन्ने होइन । बाटो घाटोमा मोटो मानिस देख्ने बित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन् ।

पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि गरिन्छ । तर वास्तविकता त्यस्तो होइन । हरेक व्यक्तिको यौन चाहनाको मात्रा फरक–फरक हुन्छ । महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन । तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ ।

महिला साथीलाई सन्तुष्ट पार्न कति समयसम्म यौनसम्बन्ध हुनुपर्ने ?

सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन् । साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिले काहीँ एक घण्टासम्म पनि जान्छ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन् । तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ । आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुने यौन् रोग विशेषज्ञहरु बताउँछन् । तर, पार्टनर देख्नेबित्तिकै बाघल शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ । केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थिर रहन्छ । त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ ।

रक्सीले सेक्सको अवधि बढाउँछ ?

मदिराको मातमा सेक्स गर्दा दिव्य आनन्द प्राप्त हुन्छ भन्ने अन्धविश्वास भएका धेरै छन् । यो सरासर गलत कुरा हो । ठिक्क पिएको अवस्थामा कसैको मनको संकोच हटाउन रक्सी सफल भए पनि यसले सेक्सलाई गतिलो या भव्य बनाउँछ भन्ने होइन । रक्सी खाएपछिको सेक्सका तीनटा चरण हुन्छन् । चिकित्सकहरुका अनुसार ठिक्क रक्सी खाएको अवस्थामा यसले संकोच हटाएर यौन सम्पर्कका लागि तयार पार्न मद्दत गर्छ । तर स्खलनको अवधि बढाउने चाहिँ होइन । रक्सी खाएपछि लिंगको संवेदनशीलता हराउँछ र योनीभित्र लिंग प्रवेश गराउँदा धार फर्केको भुत्ते खुकुरीले मासु काटेजस्तै मात्र हुन्छ ।

गर्भधारणपछि सेक्स गर्दा के हुन्छ ?

गर्भधारणपछि महिलाले सेक्स गर्नुहुँदैन भन्ने भ्रम व्याप्त छ । तर, चिकित्सकका अनुसार यस बला महिलाले बिना कुनै संकोच सेक्स गरे हुन्छ । गर्भवती महिलाले सेक्स गर्दा कुनै गर्भको बच्चा र उनको स्वास्थ्यमा कुनै असर पर्दैन । बरु, नियमित सेक्सले उनलाई बच्चा पाउन सजिलो हुनसक्छ । पेटमा दबाब पर्ने गरी भने सेक्स गर्नुहुँदैन । यौनासन परिवर्तन गर्नुपर्छ । पुरुष माथि महिला तल हुने आसनभन्दा छड्के या पछाडिबाट सेक्स गर्ने आसन उपयुक्त हुन्छ ।

बच्चा पाएपछि योनी  खुकुलो हुन्छ ?

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भएपनि यो बिस्तारै पूरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । 

महिनावारीमा सेक्स गर्नु हुन्छ कि हुँदैन ?

महिनावारी भएको बेला सेक्स हाम्रो समाजमा वर्जित छ । रजस्वला भएकी महिलालाई छुनै हुँदैन भन्ने मान्यता अहिले पनि प्रबल छ । तर, यस्तो बेलामा यौन सम्पर्क गर्नुहुँदैन भन्ने केही छैन । चिकित्सकका अनुसार रजस्वला भएको बेला महिलामा यौन चाहना झन् बढेको हुन्छ । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन् । योनीबाट धेरै नै रगत बगेको छ र रगत देख्दा घिन मान्नेहरूले यौन सम्पर्क गर्न सक्दैनन् । ‘मनमा अलिकति पनि शंका उब्जिएका बेला यौन सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौन सम्पर्क गर्दा हुन्छ । लिंगमा कुनै संक्रमण छ भने चाहिँ कन्डम प्रयोग गरेर यौन सम्पर्क गर्नु राम्रो हो ।
एजेन्सीको सहयोगमा

Last modified on 2016-10-22 17:22:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts