मृगौला बेच्नेहरुको दर्दनाक कथा 



Download our app to get more features

काभ्रे, होक्सेका श्यामकुमार बुढाथोकी आफ्नो उमेरभन्दा धेरै बुढा देखिन्छन् । वर्षौदेखि रोग पालेर बसेको शरीर र आवश्यक उपचार र परामर्शको अभावमा गुज्रेका उनी यतिबेला मर्नु न बाँच्नुको अवस्थामा छन् । श्रीमतीले छोडेर हिँडेपछि पक्षघातले थलिएका उनलाई हेरविचार गरिदिने समेत कोही छैन । ७१ वर्षकी आमा आफैँमा श्वासप्रश्वासको गम्भीर रोगी छिन । श्यामकुमारको बिचल्लीको कथा थाहा पाउन झण्डै १५ वर्षअघि पुग्नुपर्छ । 

शरीरमा दुईवटा मृगौला हुने र एउटा बेच्दा केही फरक नर्पने भन्दै दलालले फकाएपछि उनले ५० हजार रुपयाँमा मृगौला बेचिदिए । कानुनी रुपमा मृगौला बेच्न नपाइने भएकै कारण दलालले नक्कली नागरिकता कागजात तयार पारिदियो र भारत पुर्याएर उनको मृगौला झिक्यो । मृगौला निकालेपछि आवश्यक आराम र औषधि उपचारको अभावमा उनी घर फर्के । त्यही बेलादेखि निरन्तर कमजोर बन्दै गएका बुढाथोकी गत कार्तिकदेखि पक्षघातकै शिकार भए । उनको दायाँ पाटो चल्दैन र कोल्टे फेर्नेदेखि दिसा पिसाब गर्न समेत अरुको भर नपरी सुखै छैन । 
‘दलालको चंगुलमा पर्दा मेरो जिन्दगी खेर गयो ।’ गहभरी आँशु पार्दै बुढाथोकीले भने ।  

कमजोर आर्थिक अवस्थाका बुढाथोकीलाई ख्याल छैन, हातमा परेको ५० हजार रुपयाँ उनले के काममा खर्च गरे । अहिले न उनी आफ्नो उपचार गर्न सक्ने अवस्थामा छन् न त अस्पतादल लगिदिने कोही साहारा नै । मृगौला बेचेर पछुताउनेहरुमा बुढाथोकी न एक्ला हुन न अन्तिम नै । विभिन्न अध्ययनहरुले काभ्रे जिल्लाबाट मात्रै तीन सय भन्दा धेरैले मृगौला बेचेको देखाउँछ । जसमध्ये अधिकांश कमजोर आर्थिक पृष्ठभूमीका छन् भने धेरैजसो दलालको चङ्गुलमा परेर भारतमा पुगेर मृगौला बेच्नेहरु नै छन् । 

उनीमात्रै होइनन् उनका भाई रमेश बुढाथोकीको अवस्था पनि उस्तै छ । रमेशले पनि दाइलगत्तै भारत पुगेर मिर्गौला बेचे । त्यतिबेला उनको मृगौला काठमाण्डौंकै एक व्यक्तिलाई प्रत्यारोपण गरिएको थियो । दलालले तयार पारिदिएको नक्कली नागरिकता र कागजात बोकेर भारत जाने बेलामा उनलाई मृगौला बापत एक लाख ५० हजार रुपयाँ दिने भनिएको थियो तर, मृगौला झिकेपछि दलाले एक लाख २५ हजार मात्रै सुम्पियो । 

‘कबुल गरेअनुसारको पैसा माग्दा दललाले झण्डै पिटे ।’ रोशले दुखेसो पोखे । 


हातमा परेको पैसा रमेशले कुनै उपलब्धीमुलक काममा लगाएनन् । खाँदा बस्दाको पुरानो ऋण तिर्ने र दालचामल गर्ने बाहेक उनले पैसाको सदुपयोग गरेनन् । तर मृगौला बेचेपछि भने उनी निरन्तर कमजोर हुँदै गए । शरीर दुख्न छाडेन र उनी नियमित जसो रक्सीको सेवनकर्ता बने । 
शरीर दुखीरहने भएकाले आफूले निरन्तर रक्सी सेवन गनै थालेको रमेश बताउँछन् । 

श्याम र रमेशकै आफन्त रहेको जोरपिपलका बलराम गौतमको अवस्था झनै कहाली लाग्दो छ । उनले पनि स्याङ्जाका एक व्यक्तिका लागि आफ्नो मिर्गौला बेचे । अन्यलाई जस्तै उनलाई पनि दाललले फकाए, एउटा मृगौला बेच्दा केही फरक पर्दैन । स्याङजाका ति दलालले आफ्नो करौडौंको सम्पत्तिमध्येको केही भाग दिने देखाएर बलरामको मन जिते र भारत लगेर मृगौला झिकीछाडे । जस बापत हात परेको पुग नपुग एक लाख रुपैयाँ के गरेर सकियो बलरामसँग ठ्याक्कै हिसाब छैन । 

स्थानियका अनुसरा होक्से वडा नम्बर ९ जोरपिपलका मात्रै २८ जनाले मृगौला बेचेका छन् । ति सबैको कथा उस्तै छ । दलालको प्रलोभन, बाचा गरेभन्दा थोरै रकम, पैसा सकिएपछि रोगको घर भएको शरिर धानेर जेनतेन बाच्नु सबैको साझा परिचय हो । कृषि कर्ममा भर परेका यहाँका किसानहरु अहिले स्वास्थ्यकै कारण न खेति गरी खान सक्छन् न अन्य काम नै । मृगौला बेचेपछि थलिएकाहरु घर न घाटका बनेका छन् । 
‘बुढेसकालमा आफुलाई पाल्लान भनेका छोराहरु मृगौला बेचेपछि लगातार बिरामी भए ।’ अर्की पीडित लालकुमारी बुढाथोकीले भनिन्, ‘अहिले छोरा स्याहारेर बसेकी छु ।’ 


मृगौला बेचेकाहरु थलिन थालेपछि कमजोर आर्थिक अवस्थाको परिवारलाई तिनीहरु बोझ बन्न थालेका छन् । बलरामकी श्रीमती कमला रातदिन लोग्नेको स्याहरमा बिताउँदा बिताउदै आजित छिन् । उनले ‘श्रीमानको स्याहार गर्नु कि घर धन्दा धान्नु आपत छ ।’ उनले भनिन् । 

दलालको चंगुलमा परेर मृगौला बेचेकै कारण दुःख खेप्नेहरुलाई देखेपछि होक्सेका धेरैजनाको चेतना फेरिएको छ । साहुको ऋृण तिर्न वा घरको छाना छाउनकै लागी अरु मृगौला बेच्ने विकल्प रोज्न उनीहरु तयार छैनन् । मृगौला बेचे आफैले दुःख पाइन्छ भनेर उनीहरुलाई बुझ्नका लागी वर्षौ लाग्यो । 


‘पीडितहरुको लागी एकीकृत कार्यक्रम ल्याउन जरुरी छ ।’ स्थानीय सामाजिक अभियन्ता जुनकिरी मिजार भन्छिन् ।

जुनकिरीको बझाइमा मृगौला बेच्ने गाउँबाट आफ्नो ठाउँ बदनाम भइसक्यो । गैरसरकारी संस्थहरुले देखाउनकै लागी स–साना कार्यक्रम सञ्चालन गरेपनि पीडितले दीर्घकालिन लाभ लिन नसकेको उनी बताउँछिन् । 

Last modified on 2016-04-06 14:18:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts