स्पार्कले पाण्डेको जीवनमा कायापलट 

‘नयाँ जीवन मात्र होइन उत्साह नै थपेको छ बाँच्नलाई’



Download our app to get more features

पाल्पाका ३७ वर्षीय खेमराज पाण्डे स्वस्थ थिए ।

‘स्वस्थ छु’ भन्दैमा केही बिरामी हुदैन भन्ने छैन । यसै क्रममा एक दिन उनको ढाडमा एक्कासी दुखेको महसुस हुन पुग्यो । जसका कारण उनको पिसाब समेत रुक्न पुग्यो । उनी हतार हतार बुटवलको लुम्बिनी नर्सिङ्ग होममा पिसाब रोग विशेषज्ञलाई जचाँउन पुगे । त्यहाँ उनको भिडियो एक्सरे सहित सम्पूर्ण जाँच गरियो । औषधि सेवन पछि रुकेको पिसाब पनि खुल्यो । भोलि पल्ट पिँडुला कटकट खान थाल्यो । पिसाब फेर्दा बल गर्नु पर्ने, बल नगरे पिसाब नै नआउने समस्या भयो ।

दिनप्रतिदिन उनको समस्या थपिदै जान थाल्यो । त्यहि क्रममा राति उनी पिसाब फेर्न उठे । तर, उनको दाहिने खुट्टा नै चलेन । खुट्ट पुरै भारी भयो । कसैको सहयोग बिना हिड्न नै नसक्ने अवस्थामा पुने उनी । अर्को दिन उनी सिधै अन्नपूर्ण अस्पताल पुगे र भर्ना भए । पहिलो दिनको प्रकृया पुरा गरी सुते । चिकित्सकले एक लिटर भन्दा धेरै पिसाब निकाले । त्यसपछि  एकदमै हल्का महसुस भयो । उनी ढुक्कसंग निदाए पनि । भोलिपल्ट बिहान अकस्मात कम्मर मुनी पुरै भाग चल्न नै छाड्यो । कम्मर भन्दा तल आफ्नो शरीर भए नभएको केही थाहा भएन ।

अस्पताल भर्ना भएको १५ दिनसम्म पनि कुनै सुधार आएन । अस्पतालको बसाइ र स्वास्थ्य अवस्थाले उनी गलीसकेका थिए । उनले आफ्नो उपचारमा संलग्न डक्टरसँग साधे ‘मेरो स्वास्थ्यको अवस्था कस्तो छ  ? के भइरहेको छ ? किन सुधार भएन ? कती समय बस्न पर्ने हो ?’

 उनले एकसाथ डक्टरलाई धेरै प्रश्न तेर्साए । तर यसको जवाफ उनले पाउँन सकेनन् । किन भने चिकित्सक आफै पर्ख र हेरको स्थितीमा थिए । चिकित्सकको जवाफ नपाएपछि उनले रिफर गरिदिन अनुरोध पनि गरे तर, अस्पतालले रिफर लेटर दिन मानेन । अन्तत अस्पतालले डिस्चार्ज लेटर दियो ।

 त्यहाँको बसाइले स्वास्थ्यमा कुनै सुधार नआएपछि उनी भारतको हरियाणास्थित फोर्टीस मेमोरीयल रिसर्च सेन्टर पुगे । त्यहाँ उनलाई ६ दिनका लागि १०० एमएल कोे २९ बटा बोतल औषधि दिइयो । जसको मुल्य भारतीय ५ लाख रहेको थियो । त्यहि क्रममा उनलाई ‘वेडसोर’ समेत भयो ।

 त्यहाँ पनि कुनै सुधार नआएपछि चिकित्सकले फिजियोथेरापी गर्न सल्लाह दिए । भारतमा महङ्गो हुने हुदा खेमराज पाण्डे पुनः नेपाल मै फर्किए । साथीहरुको स्पार्क हेल्थ होम जाने सुझाव अनुसार उनी स्पार्क हेल्थ होम सोल्टी मोड पुगे ।

‘स्पार्कले मलाई नयाँ जीवन दिएको छ । यो मेरो नयाँ लाइफ हो, स्पार्कले मलाई नयाँ जीवन मात्र दिएन , जिउनको लागि नयाँ उत्साह पनि दिएको छ ।’-खेमराज पाण्डे (बिरामी)

 एक तर्फ मात्र भएको वेडसोर निको बनाउन खोज्दा दुबै तर्फ वेडसोर भयो । कम्मर मुनीको पुरै भाग नचल्ने हुदा उनलाई केही थाहा हुदैन थियो । यसलाई निको बनाउन मात्र उनलाई करिब दुइ महिना लाग्यो । 


प्राकृतिक उपचारबाट निको भएपछि चिकित्सकको टोलीसँग फोटो खिचाउँदै पाण्डे

बेडमा थला परी जिउने इच्छा मारिसकेको खेमराजको जीवनमा स्पार्क पुगेपछि कायापलट भयो । डा. विशाल घलेको हौसलाले उनको जिउने इच्छामा उर्जा थपियो । हेल्थ होम उपचार र परिवारको साथले उपचार सुरु गरेको दुई महिना पछि उनी वाकरमा हिड्न सक्ने भए ।

 हाम्रो डक्टरसँगको कुराकानीमा गहभरी आशु बनाउदै नयाँ जीवन पाएको पाण्डे खुसी देखिन्थे । उनी भन्दै थिए, ‘स्पार्कले मलाई नयाँ जीवन दिएको छ । यो मेरो नयाँ लाइफ हो’ उनले भने, ‘स्पार्कले मलाई नयाँ जीवन मात्र दिएन । जिउनको लागि नयाँ उत्साह पनि दिएको छ ।’

आफ्नो खुट्टा छ या छैन केही थाहा नपाउने उनी हाल दैनिक पाँच सय मिटर सम्म विना सहारा हिड्न सक्ने भएका छन् । यसरी नै सुधार हुदै जाने हो भने छिटै नै सामान्य व्यक्ति सरह जिउन सक्ने पाण्डेको उपचारमा संलग्न डा. विशला घलेले बताए ।

Last modified on 2016-11-30 12:45:16

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

10 Comments

  1. Rir diagnosis at rit time...is the only way moreover the will power of patient also ply vital role...I am happy for my frnd.

  2. m ni GBS ko patient ho psycho therapi nai yasko treatment ho Improve hunx mero condition Ahile improv hudai x....

  3. Very Nice & Good to read the POst >> Miracle >>

  4. Thank you so much spark home I love my brother

  5. Do u treat kidney failure patients who r under dialysis? if yes then inbox me

  6. Thanku so much sipark gourp....sadai hajurko mahenatale kati jiune aasharako harule naya Jiwan pauna

  7. PUNA JEEBAN PRAPTI RA, SAFAL UPACHAR KO BADHAI .

  8. दशरथ पाण्डेयon Mon, Sep 12 2016 03:30 PM

    यस्तो संस्थाले सेवा दियको जानकारि पाउँदा अत्यन्तै खुसि छु र यो रोगको नाम के के हो रहेछ र कस्ता बिरामिहरुको उपचार यहाँ उपलब्ध छ सुल्क के कसो छ जान्न पाय आभारि हुनेथिय

  9. Yo samasya guillian barre syndrome (GBS) bhanne nasa ko rog ho..yo niko huna 6 mahina bhanda badhi lagcha...yesko barema internet ma khoji garera herna sakincha..tara nepal ko doctor le yo yesto samasya ho bhanera bhandinu parne thiyo ra ramro sanga birami lai herchaha garne bidhi ka barema bataidina saknuparthyo...india ma gayera paisa matrai kharcha bhayo...j hos..get well soon..

  10. Thank you so much . I m happy to see my uncle well ..


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts