करिनाले भनिन्, ‘गर्भवती भएपछि झन राम्री भएँ’

What's This?


Download our app to get more features

एजेन्सी, ७ असोज । ‘कभी खुसी कभी गम’, ‘जब वि मेट’, ‘थ्री इडियट’ लगायतका चर्चित फिल्म अभिनेत्री करिना कपुरको अनुहार मात्र होइन, उनको कपालको सौन्दर्यले पनि धेरै मोहित पार्यो । 

नपरोस् पनि किन, उनी आफ्नो कपालको विशेष ध्यान दिन्छिन् । कतिसम्म भने करिनाले छोटो कपाल बनाउनुपर्ने भूमिकालाई धेरैपटक अस्वीकार पनि गरेकी छिन् । 

उनले कपाललाई अत्याधिक ध्यान दिने गरेको त केही दिनअघिको उनको अभिव्यक्तिले पनि प्रमाणित गरेको छ । उनले भनेकी छिन्, ‘गर्भवती भएपछि मेरो छाला राम्रो भयो । यो सँगै मेरो कपाल झन् राम्रो भएको छ ।’

आफू कपालको क्रेजी भएको र अहिलको कपालले झन् आफूलाई खुसी बनाएको उनको भनाईले अहिले बलिउडमा चर्चा कमाएको छ । करिना डिसेम्बरमा आमा बन्दै छिन् । –नयाँ पत्रिका दैनिकबाट

Last modified on 2016-09-23 08:27:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts