के तेस्रो लिङ्गी गर्भवती हुन सक्छन् ?



Download our app to get more features

के तपाईले कहिले सोच्नु भएको छ ? तेस्रो लिङ्गी व्यक्ति गर्भवती बन्न सक्छन् ? तर, हामी सबैलाई थाहा छ की तेस्रो लिङ्गी जसको लिङ्ग चिकित्सकद्धारा बनाइने लिङ्ग भन्दा फरक हुन्छ । तेस्रो लिङ्गी वा समलिङ्गी हुनु मानसिक हुन सक्छ या शारीरिक तथा दुवै पनि हुन सक्छ ।

क्रोमोजोम असामान्य हुनुको कारण तेस्रो लिङ्गी यस्तो क्रोमोजोमका साथ जन्म लिन्छन्, जसको कारण कुनै निश्चित लिङ्ग अन्तर्गत हुदैँनन् । उदाहरणका लागि यस्तो पनि हुन सक्छ की तेस्रो लिङ्गी महिला जसको जन्मने समयमा केटा हुन्छ तर उसको व्यक्तित्व महिला जस्तो हुन्छ, उसको क्रोमोजोम ह्थ् हुन्छ । जुन वास्तवमा पुरुषको क्रोमोजोम हो । तर, उसको गर्भाशय हुदैन । 

यसैप्रकार एक तेस्रो लिङ्गी पुरुषमा xx क्रोमोजोम पाउन सकिन्छ तर उसको गर्भाशय र डिम्बाशय हुन्छ । हुनत, उसमा केही पुरुषको गुण पनि पाउन सकिन्छ । जस्तै आवाज गहिरो हुनु तथा कसैको आन्तरीक पुरुषको गुप्ताङ्ग पनि विकसित हुन सक्छ ।

 गर्भावस्था र तेस्रो लिङ्गी हुनु 

तसर्थः xx क्रोमोजोम हुने तेस्रो लिङ्गी पुरुषको गर्भधारण हुने संभावना हुन सक्छ । किनकी उसको ओभरी र गर्भाशय हुन्छ । हुनत यदि कोही तेस्रो लिङ्गी महिला गर्भवती हुन चाहेमा उसको केही मेडिकल प्रक्रिया अपनाउनु पर्ने हुन्छ । जस्तो उसको पेटमा भ्रूण प्रत्योरोपण गर्ने तथा हार्मोन थेरापी गर्नुपर्ने हुन्छ । 

यस्तो पनि देख्न पाइन्छ की तेस्रोलिङ्गी महिलामा यसप्रकारको गर्भावस्था धेरै खतरनाक हुन सक्छ तथा संभवत उसको ज्यानको खतरा समेत हुन सक्छ । किनकी भ्रूणको विकासको कारण छेउका अंगलाई पनि प्रभावित पार्न सक्छ । 

यसको साथै तेस्रो लिङ्गी महिलामा यस प्रकारको अस्थायी गर्भावस्थाको कारण धेरै प्रकारका समस्याको सामना गर्नुपर्ने हुनछ । जसमा भ्रूण बाहिर विकसित गरिएको हुन्छ, किनकी तेस्रोलिङ्गी महिलामा गर्भाशय हुदैन । तसर्थः गर्भावस्था केवल तेस्रो लिङ्गी पुरुषमा नै संभव हुन्छ । यदि उसको डिम्बाशय र गर्भाशय क्रियाशिल रहेको अवस्थामा । 

विशेष प्रकारको हार्मोनल उपचारद्वारा उसको गर्भावस्था एकदम सामान्य र स्वस्थ हुन सक्छ । हुनतः तेस्रो लिङ्गीलाई समाजमा नकारात्मक रुपमा लिइने हँुदा धेरै तेस्रोलिङ्गी पुरुष गर्भ धारण गर्ने तथा परिवार बनाउन साबधान हुन्छन् । उनीहरु डराउछन् की समाजमा यसको परिणम उसको बच्चालाई नपरोस् ।   

तस्विर एजेन्सी

Last modified on 2017-08-13 16:55:40

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts