होस पुर्याउनुहोस् : जाडो भयो भन्दै रक्सी सेवन गर्दा ज्यान पनि जान सक्छ 

What's This?


Download our app to get more features

बिस्तारै जाडोयाम सुरु भएको छ । जाडोमा हामीले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । यस्तो समयमा शरीरलाई कसरी न्यानो बनाउने भन्ने चिन्ता सबैलाई हुन्छ । धेरै मानिसले जाडोयाममा शरीर न्यानो बनाउने बहानामा मद्यपान गर्ने गरेका छन् । 

यसरी शरीर न्यानो बनाउन मद्यपान गर्नुलाई  चिकित्सकहरूले न्यानोको अनुभूतिहुने गरे पनि त्यो भ्रममात्रभएको उल्लेख गरेका छन् । ‘मद्यपानका कारण शरीर चिसोचाहिँ हुन्छ, तातो होइन । यसैले यो मौसममा मातेर रातिबाहिरै चिसोमा ढलेकाहरू भोलिपल्टसम्म मृत्यु हुनपनि सक्छ ।’ चिकित्सकहरु भन्छन्, । यस्तो समयमा मद्यपान गरेर चिसो बाहिर धेरै हिड्नाले तपाँइलाई शरीर चिसिने समस्या अर्थात् शीताङ्ग (हाइपोथर्मिया) हुन सक्छ ।

के हो शीताङ्ग (हाइपोथर्मिया)

जाडो मौसममा स्वस्थ्य व्यक्तिको शरीरको तापक्रम ३४ र ३५ डिग्री सेल्सियस अर्थात ९९.५ डिग्री फरेनहाइटभन्दा भन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया अर्थात शरीर चिसिने समस्यालाई नै शीताङ्ग भनिन्छ । यस्तो समयमा शरीरका हातखुट्टा मात्रै चिसो नभई श्वासप्रश्वासमा समेत समस्या देखिन्छ । त्यस्तै मुटुको चाल बढ्न गई रक्तचाप अनियन्त्रित हुने गर्दछ । जसबाट व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

चिकित्सकहरुले यस्तो समस्यालाई हल्का, मध्यम, गम्भीर र उच्च गरी चार प्रकारमा विभाजन  गरेर अध्ययन गर्नुपर्ने बताएका छन् ।

जसअनुसार हल्काप्रकारको हाइपोथर्मियामा शरीरको तापक्रम ९० र ९५ डिग्री फरेनहाइट हुन्छ । मध्यमहाइपोथर्मिया हुँदा शरीरको तापक्रम ८२ देखि ९० डिग्री फरेनहाइटसम्म हुनेगर्दछ । त्यस्तै गम्भीर प्रकारको हाइपोथर्मिया भएमा शरीरको तापक्रम ८२ देखि ६८ डिग्री फरेनहाइटसम्म हुन्छ । र उच्चप्रकारको हाइपोथर्मिया भएमा शरीरको तापक्रम ६८ डिग्री फरेनहाइटभन्दा कम हुने गर्दछ जुन अत्यन्तै जोखिमपुर्ण हुने गर्दछ ।

 जाडोयाममा मद्यपान गर्नु किन खतरनाक ?

चिसो मौसममा हाम्रो शरीरमा मुटुको चालमा वृद्घि हुन्छ । शरीरका मांसपेशीहरुले प्रत्येक अंगलाई न्यानो बनाई राख्न ऊर्जालाई बाहिर निकाल्न थाल्छन् । यस्तो समयमा रक्त प्रवाहसमेत कम हुन्छ । जसका कारण हामीलाई खुट्टा र हत्केलामा चिसोको अनुभूति हुन्छ । यस्तो समयमा मद्यपान सेवन गर्दा हात र खुट्टाका रक्तनलीहरू फैलिन थाल्छन् । जसबाट मद्यपानसेवीलाई हातखुट्टा तात्दै गएको भ्रमहुने गर्छ ।

शीताङ्गअर्थात् हाइपोथर्मियाका कारण नेपालमाा बर्सेनी धेरै मानिसहरुको ज्यान गएको छ । जाडो मौसममा रक्सी खाएर सडकमा ढलेकाहरू चिसोले गर्दा बिहानसम्म मरिसकेका हुन्छन्  ।

लक्षण के के हुन् ?

चिकित्सकहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम भएमा हातलाई कामगर्न असजिलो हुने र शरीर थाकेको अनुभव हुन्छ । यस्तै, दुईदेखि चार डिग्रीसम्म तापक्रमकम हुँदा जीउकाम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन् । शरीर पहेंलो हुँदै जाने, ओठ र काननीलो देखिनथाल्ने आदीहुने गर्दछ ।

शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ ।  यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कमहुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगहरूले कामगर्न छोड्छन् ।

कसरी जोगीने ?

-जाडो याममा प्रशस्त झोल पदार्थ र पानी खानुपर्छ,
-मदिरा सेवन नगर्ने यदि गरीहालेमा घरभित्रै न्यनो वातावरणमा बसेर सेवनगर्ने ।
-धेरै समय चिसोमा नबस्ने ।

 

Last modified on 2017-08-13 15:34:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts