डा. केसी भन्छन्– प्रचण्डको पनि प्रधानमन्त्री लोकमान हुन् (फोटो फिचर)



Download our app to get more features

काठमाण्डौं, ६ कार्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायतका माग राख्दै संघर्षरत डा. गोबिन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि प्रधानमन्त्री लोकमान कार्की भएकोले लोकमानतन्त्र हावी भएको बताएका छन् ।

डा.केसी सोसियल सोलिडारीटिले आज अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन दवाव दिन आयोजना गरेको र्यालीलाई सम्बोधन गर्दै केसीले प्रधानमन्त्री दाहालको आलोचना गरेका हुन् ।

उनले लोकमानलाई महाअभियोग मात्रै नभै उनले गरेका हरेक दुष्कर्मको सजाय हुनुपर्ने माग गरेका छन् । डा. केसीले अब लोकमानतन्त्रको अन्त्य हुने भन्दै लोकमानतन्त्रलाई काखी च्याप्ने संसदसंग कुनै नैतिकता नभएको आरोप लगाए । देशमा लोकतन्त्र ओझेलमा परेको बेलामा नागरिक समाज दुलोभित्र पसेको र सरकार पंगु  भएको समेत केसीको टिप्पणी छ ।

‘ढिलै भएपनि जिम्मेवार ससंदका बुद्धि फिरेको छ’ उनले भने ‘अब सबै मिलेर लोकमानतन्त्रको अन्त्य गर्नुपर्छ । महाअभियोग प्रस्ताव दर्ता हुनु निकै स्वागतयोग्य कदम हो ।’ अदालतमा मुद्धा चलिरहेको लोकमानको संसदमा बहश गर्न नहुने कांग्रेसको तर्क जनतालाई बेवकुफ बनाउने कुरा भएकोले काँग्रेसीजन  लोकमानको दरबार जानुको विकल्प नरहेको केसीले बताए ।

लोकमानको विरुद्ध माइतिघर मण्डलादेखि संसद भवन नयाँ वानेश्वरसम्म पुगेको र्यालीमा डा.केसीलाई साथ दिन सयौंको संख्यामा उनका समर्थकक सडकमा उत्रिएका थिए । र्यालीलाई कांग्रेस संसद सुरेन्द्र चौधरी, डाकेसी सोसियल सोलिडारीटिजका संयोजक डा. जीवन क्षेत्री, बिवेकशिल पार्टीका युवा नेतृ रञ्जु दर्शना लगायतले सम्बोन्धन गरेका थिए ।

र्यालीलाई सम्बोधन गर्दै संसद चौधरीले सत्यको विजय हुने भन्दै संसदमा महाअभियोग प्रस्ताव पास हुने र लोकमानतन्त्रको अन्त्य हुने बताए । उनले नेपाली कांग्रेसका सबै संसदले बाध्य भएर हस्ताक्षर गर्ने र यदि त्यसो नगरे ऐतिहासिक क्षण गुमाउनुपर्ने बताएका छन् ।

र्यालीमा लोकमान बिरुद्ध र संसदलाई महाअभियोग प्रस्ताव पारित गराउन दबाबस्वरुप गीत, कविता प्रस्तुत गरीएको थियो ।

त्यस्तै प्रतिकात्मक व्यंग्य स्वरुप लोकमानको भेषमा अग्लो व्यक्ति थिए भने उनको वरीपरि दुई तिहाई संसद स्वरुप दुई जना संसदको भेषमा उपस्थितले लोकमानलाई घेरेर संसद भवन अगाडी लुटतन्त्र लेखिएको घ्याम्पा संसदहरुले फुटाएपछि त्यहि घ्याम्पो अगाडी बसेर डाकेसीले लोकतन्त्रको यसरीनै अन्त्य हुनुपर्ने उद्घोष गरेका थिए ।

त्यस्तै र्याली सकिएपछि आयोजकले युवाहरुको र्याली भन्दै र्यालीस्थल फोहर गर्नु हुदैन भन्दै झाडु र कुच्चोले बाटो सफासमेत गर्न भ्याएका थिए ।

Last modified on 2016-10-23 11:18:34

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts