चिल्लो छाला हुनुका फाइदै फाइदा 

What's This?


Download our app to get more features

फुस्रो अनुहारमा मेकअप गर्नु छालाको दीर्घकालीन स्वास्थ्यका लागि राम्रो होइन । फुस्रो छालालाई पनि मेकअप अघि चिल्लो बनाउनु जरुरी हुन्छ । सुक्खा छालामा मेकअप गर्दा छालाका छिद्रसम्म मेकअप पुग्छन् । र रिमुभ पनि राम्रोसँग नहुन सक्छ ।

यसले छालामा असर निम्तयाउँछ । तर चिल्लो अनुहार भएकाहरुको हकमा यो खतरा रहँदैन । चिल्लो छालामा मेकअप राम्रोसँग सेट पनि हुन्छ । यस्तो छालामा मेकअप लामोसमयसम्म उस्तै टिकिरहन्छ । रिभुभ गरेपछि पनि चिल्लो छालाका छिद्रमा मेकअप अड्रकिएर रहन पनि पाउँदैन । 

फुस्रो छाला भएकाहरुले अनुहार धोएपछि छालामा कुनै क्रिम नलाई धेरै हुँदैन । तर चिल्लो छाला भएकाहरुको अनुहारमा धोएको केही बेरमा चिल्लोपनि निस्किन थाल्छ । यस्ले त चिल्लो छाला हुनेहरुको अनुहारको चमक कहिलै कम हुन पाउदैन । अनुहारमा चमक ल्याउन कुनै क्रिम या मोस्चाराइजर प्रयोग गर्नुपर्ने बाध्यता हुँदैन ।

चिल्लो छाला फुस्रो छालाको तुलनामा धेरे लचकदार हुन्छ । लचकदार छालामा चाउरी पर्ने सम्भभवना निकै कम हुन्छ । त्यसैले त चिल्लो छाला हुनेहरु फुस्राे छाला हुनेहरुको तुलनामा जवान देखिन्छ । यस्तो छालामा निकै ढिलो चउरी पर्छ । प्रकृतिक चिल्लोपन रहेसम्म अनुहार जवान देखिरहन्छ । 

छालामा भएको तैलीय ग्रन्थिले भिटामिन इ पैदा गर्द । तैलीय ग्रन्थी बढी सक्रिय हुने व्यक्तिको छाला नै बढी चिल्लो हुन्छ । भिटामिन इ पनि यही छालामा बढी पैदा हुन्छ । यसले छालालाइ विभिन्न खतराबाट जोगाउँछ । घाम, वायु प्रदुषण र जाडो मौसमबाट छालाको रक्षा गर्छ । आजको नयाँ पत्रिका दैनिकमा व्युटिसियन एलिसा लेप्चाले बताएकी छिन् ।

Last modified on 2017-08-13 12:09:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts