कोलेस्ट्रोल सुधारका लागि लाभदायक मकैको जुँगा

अन्यपनि छन् मकैको जुगाँका  फाइदाहरु 

What's This?


Download our app to get more features

एजेन्सी । हामी मध्ये धेरैले मकै खाने गरेका छौं । हामीले खाने मकैको घुँगामा जुगाँ हुन्छन् भन्ने पनि अधिकांशलाई थाहानै भएको कुरा हो । मकै खाने बेलामा मकैको दानाको वीचमा अल्झिएका जुँगाहरुलाई धेरैे फाल्ने गर्छन् ।

मकै पालेर होस् वा उसुनेर । जसरी खाए पनि मकै खाने समयमा जुँगा भेटियो भने कति धेरै जुँगा रहेछ भन्दै खानु भन्दा पहिला जुँगा फाल्नमै हाम्रो ध्यान जान्छ ।  तर मकैको घुँगाभित्र लुटपुटिएका जुँगा खाँदा मानव स्वास्थ्यमा फाइदा पुग्छ भन्ने कुरा सुन्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ ।

कतिपय खानेकुराहरु मानिसले खान नजानेर वा अखाद्य सम्झिएर मिल्काउने गर्दा स्वास्थ्यका लागि महत्वपूर्ण हुने चिजहरुनै खेर फालिरहेका हुन्छौं । त्यस्तै नजानेर वा थाहा नपाएर हामीले मिल्काउने गरेका चिजमध्ये मकैको जुँगा पनि पर्दछ । तर, त्यही  मकैको जुगाँको महत्वबारे थाहा पाउने हो भने हामीमध्ये धेरैले ती जुँगाहरु पक्कै पनि  मिल्काउने छैनौं । 

यस्ता छन् मकैका जुगाँ खादा हाम्रो स्वास्थ्यमा पुग्ने फाइदाहरु 

– मिर्गौलाको पत्थरीमा लाभदायक

– रक्तनली बन्द हुने समस्यामा फाइदा

– मधुमेहका बिरामीका लागि फाइदाजनक

– कोलेस्ट्रोलको मात्रामा सुधार

सेवन गर्ने तरीका 

सबैको मनमा उठ्न सक्छ, कसरी खाने त मकैको जुँगा ? न त यो मकैसँग खान सकिन्छ, न त जुँगा मात्र खान सकिन्छ । यसको प्रयोगको विधि यस प्रकार रहेको छ ।

– उमालेको पानीका मकैको जुँगा राख्ने । 

– स्वादको लागि यसमा कागतीको रस मिलाउन  सकिन्छ । 

– यसरी मिसाइएको मिश्रणलाई गिलासमा राखेर दिनभरी घाममा राख्ने । 

– यसमा बेलुका मह मिसाएर सेवन गर्ने । 

1 Comments

  1. God news ok thanks


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts