काठमाण्डौं उपत्यकामा रगत अभाव

What's This?


Download our app to get more features

काठमाण्डौं ८, कात्र्तिक । केहि दिनदेखी काठमाडौं उपत्यकामा ताजा रगतको अभाव भएकाले बिरामी र उनीहरुका आफन्त समस्यामा परेका छन् । 
दशैंदेखि उपत्यकामा रगत संकलन नभएकाले अभाव भएको रक्त सञ्चार केन्द्रले जनाएको छ । केन्द्रका उपनिर्देशक प्रकाश यादवका अनुसार सोमवार आजदेखि अझै अभाव हुने सम्भावना छ । आजको गोरखापत्र दैनिकमा खवर छ । हाल दैनिक साढे ३ सय ५० युनिट रगतको अभाव छ तर संकलन भने त्यो अनुरुप नभएको केन्द्रको भनाई छ । 
स्वमंसेवक रक्तदाता र रक्तदान कार्यक्रम संचालन गर्ने संस्थाले भने यस्ता कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाई प्रोत्साहन गर्नुको साटो वेवास्ता गर्ने गरेकाले यो समयमा बर्से्नि रगत अभाव हुने गरेको जनाएका छन् । 

 

Last modified on 2017-08-11 16:11:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts