के हो तराइमा फैलिरहेको डेंगु ?



Download our app to get more features

तिखेर चितवन तथा पूर्वी तराइको केहि जिल्लाहरुमा डेंगु रोगबाट धेरै मानिस संक्रमित भएका छन् । इपीडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्षमात्र तीन सय ४ जनाभन्दा बढीलाई डेंगुको संक्रमण भैसकेको छ । तराईमा प्रकोपको रुपमा देखा परेको डेंगुका बारेमा जानकारी राख्नु अत्यावश्यक छ । 
 

के हो डेंगु ?
डेंगु लामखुट्टेबाट सर्ने एक प्रकारको भाइरसको संक्रमणले निम्त्याउने ज्वरो हो ।  “एडिज” प्रजातिको लामखुट्टेको टोकाइबाट “फ्लाभी भाइरस” नामक भाइरस स्वस्थ मानिसमा संक्रमित भएपछि यो रोग लाग्ने गर्छ ।
अफ्रिका, एसिया, अमेरिका आदि भूमध्यरेखा वरीपरीका देशहरुमा यसको संक्रमण र प्रकोप देखिने गरेको छ । वर्षेनी विश्वमा करिव पाँच करोड मानिसहरुमा देखिने यो रोग लामखुट्टेबाट चाडै फैलने भाइरल ज्वरो हो । नेपालको तराईक्षेत्रमा यो रोगको प्रकोप समय समयमा देखिँदै आएको छ ।

कस्तो लामखुट्टेबाट डेंगु सर्छ ?
एडिज प्रजातिको लामखुट्टे प्राय स्थिर पानीको श्रोत जस्तैः सानो पोखरी, पानी जमेको खाल्डाखुल्डी, पानी भएको खुला कन्टेनर, फालिएका टायर, पानी बग्ने कुलो, आदिमा पाइन्छ । यी लामखुट्टेको शरीर र खुट्टामा सेता काला धर्साहरु हुन्छन र प्राय दिउसो समेत रगतको आहारका निम्ति निस्कन्छन । पोथी लामखुट्टेलाई प्रजनन शक्तिको निम्ती थप आहार आवश्यक पर्ने हुनाले मानिसको रगत चुस्ने गर्छ ।

डेंगुको लक्षणहरु के हो ?
डेंगु ज्वरोबाट सक्रमित विरामीहरुमा निम्न लक्षणहरु देखा पर्छ : 

  •     सुरुको दुई दीन सामान्य टाउको दुखाइ र आलाश्यपना 
  •     लगातारको उच्च ज्वरो, ९१०३(४ डिग्री फरेन्हाइट०
  •     टाउको दुख्ने
  •     आँखाको गेडीपछाडी दुख्ने, आँखा दायाँवायाँ गर्दा दुख्ने, आँशु आउने
  •     जोर्नीहरू, मांसपेसी दुख्ने 
  •     खाना मन नलाग्ने
  •     वाकवाकी लाग्ने, वान्ता आउने 
  •     छालामा फोकाहरु र टाटाहरू देखिने

पछि जटिलता बढ्दै गएमा

  •     रगतमा प्लाटिलेटको संख्या घट्न गइ विभिन्न अंगहरु जस्तैस् नाक, गिजा आदिबाट रगत बग्न थाल्ने, दिशा, पिसावमा रगत देखिने आदि समस्या देखा पर्न सक्छ
  •     रक्तचाप घट्ने, शरीरमा रगतको कमी भइ “सक” र दिमाग, मृगौला, मुटु आदिमा असर गरि “मल्टी अर्गान फेलर” को स्थितिमा जाने 

डेंगुको जांच कसरी गर्ने ?
माथि उल्लेखित लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गैर जांच गराउनुपर्दछ । चिकित्सकको सल्लाहबाट रगतका केहि जाँचपछि डेंगु लागेको हो या हैन भनेर टुंगोमा पुग्न सकिन्छ ।

उपचार विधी के हो ?
भाइरल संक्रमण भएकाले यसको उपचार पद्दति देखिएका लक्षणहरुलाई कम गर्ने र आउनसक्ने जटिलताहरु रोकथाम गर्ने हुन्छ । पानी र झोलीलो खाना बढी खुवाउने, देखा परेका जटिलताहरु जस्तै स् “सक”, विभिन्न अंगहरुमा देखिने समस्याको निराकरण नै यसको उपचार हो ।
एस्पीरिन, आइबुप्रेफेन लगायतका औषधिले रगत बग्ने खतरा गराउने भएकाले जताभावी यो औसधीको सेवन गर्न हुदैन ।

डेंगुबाट बच्ने तरिका

  •     पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, कन्टेनरआदि घर नजिकै छ भने पुर्ने वा हटाउने
  •     घरवाहिर हिड्दा वा घरमै बस्दा पनि शरीर पुरै ढाक्ने कपडा लगाउने 
  •     लामखुट्टेबाट बच्न झुल, मलम, धुप, आदि प्रयोग गर्ने 
  •     दिउसोको समयमा पनि लामखुट्टेको टोकाइबाट बच्न सचेत हुने
  •     बच्चा र वृद्दहरुले लामखुट्टेबाट बच्न विशेष ख्याल पुराउने
  •     घरवरीपरी सफा राख्ने र लामखुट्टेको बासस्थान भए किटनाशक औसधीको प्रयोग गरेर हटाउने 
  •     डेंगुको जस्तै लक्षण देखिएमा वा शंका लागेमा तुरुन्त अस्पताल गएर परिक्षण गराउने 
Last modified on 2017-08-13 11:36:36

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts