फुटबल खेलाडीले हेडिङ गर्नु मस्तिष्कका लागि घातक

What's This?


Download our app to get more features

एजेन्सी । फुटबल खेलमा हेडिङलाई निकै महत्वपूर्ण मानिन्छ । विश्वकपमा धेरै गोल हेडिङबाट भएको छ । तर पछिल्लो अनुसन्धानले हेडिङ गर्दा खेलाडीको मस्तिष्कमा असर पर्ने जनाएको छ । 
फुटबल हेडिङ गर्दा खेलाडीको मस्तिष्कको काम गराइमा असर पर्ने र २४ घण्टासम्म स्मरण क्षमतामा नकारात्मक प्रभाव पर्ने स्कटल्याण्डको स्टर्लिङ्ग विश्वविद्यालका अनुसन्धानकर्ताले गरेको अध्ययनबाट देखिएको हो । कुनै खेलाडीले २० पटकसम्म फुटबल हेड गरेमा मस्तिष्कको कार्यमा असर पर्ने अध्ययनबाट देखिएको छ । लगातार गरिने हेडका कारण स्मरण क्षमतामा कमी आउने अनुसन्धानकर्ताले बताएका छन् । नियमित रुपमा हेड गर्ने खेलाडीको स्मरण क्षमता ४१ देखि ६७ प्रतिशतसम्म कम हुने स्कटल्याण्डको स्टर्लिङ्ग विश्वविद्यालका अनुसन्धानकर्ताले गरेको अध्ययनबाट खुलेको हो । यस्तो असर २४ घण्टासम्म रहने अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानको क्रममा खेलाडीको मस्तिष्कको कार्य हेडिङको प्रशिक्षण अघि र पछि गरेर हेरिएको थियो । 

Last modified on 2017-08-11 14:41:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts