दलित समितिद्वारा एम्बुलेन्स सञ्चालन



Download our app to get more features

वालिङ, ८ कात्तिक । स्याङ्जाको जगत्रदेवी–८ गल्याङमा रहेको नेपाल उत्पीडित दलित समाज विकास समितिले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । 

एम्बुलेन्स खरिदका लागि समितिमा आबद्ध २६ आजीवन सदस्यबाट जनही ३३ हजार पाँच सयका दरले झन्डै आठ लाख ७१ हजार रकम सङ्कलन गरिएको समितिका अध्यक्ष कुलबहादुर बिकले बताए । 

‘हाम्रो गाउँ ठाउँमा कोही बिरामी परेमा यातायात तत्कालै नपाइने र पाइहाले पनि निक्कै महँगो भाडा तिनुपर्ने समस्या थियो,’ समितिका अध्यक्ष विकले भने ‘अब भने हामीले एम्बुलेन्स सेवा सुरु गरेका छौँ । आशा छ, यस क्षेत्रका बिरामीले केही हदसम्म भए पनि राहतको महसुस गर्नेछन् ।’

सुविधासम्पन्न उक्त एम्बुलेन्स नेपाल सरकारबाट भन्सार छुटमा करिब दश लाखको लागतमा ल्याएको समितिले जनाएको छ । एम्बुलेन्सलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न एउटा छुट्टै समिति बनाएर अगाडि बढ्ने सोचमा समिति रहेको अध्यक्ष बिकले बताए । रासस 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts