दर्ता प्रक्रियामा आउन थाले स्वास्थ्य संस्थाहरु

What's This?


Download our app to get more features

ललितपुर, ८ कात्तिक । वर्षौंदेखि सञ्चालनमा भएरपनि दर्ता नभएका स्वास्थ्य संस्थाहरु धमाधम दर्ता हुन थालेका छन् । 

यो आव सुरु भएपछि १० वटा पुराना स्वास्थ्य संस्था दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । अहिले दर्ता भएर सञ्चालन भएका स्वास्थ्य संस्था १ सय २१ पुगेको छ । 

कार्यालयका सूचना अधिकारी हरिओम पोखरेलले अनुगमनका क्रममा कारबाहीमा परेका स्वास्थ्य संस्थाहरु प्रक्रियामा आइरहेको बताए । उनले भने – “वाणिज्य विभागको अनुगमनका क्रममा भेटिएका दर्ता नभएका स्वास्थ्य संस्थालाई कारबाही गरेपछि अरु संस्था पनि अहिले प्रक्रियामा आइरहेका छन् ।”

अनुगनका क्रममा दर्ता नभएको पाइएकाले विभागले ताला लगाएका संस्था दर्ता पछि जिल्ला जनस्वास्थ्य कार्यालयको सिफासिरमा खुलाइएको थियो । 

जिल्लामा धेरै स्वास्थ्य संस्था दर्ता प्रक्रियामा आएका छैनन् । दर्ता नगर्ने ठूला अस्पतालभन्दा पनि साना स्वास्थ्य संस्था र साना ल्याब धेरै छन् । 

जिल्लामा सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थाले नियमित प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

रासस /फाईल तस्वीर

Last modified on 2017-08-11 14:46:54

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts