डेंगुबाट देशभरमा गरी ४ सय ८४ संक्रमित, सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । विभिन्न १३ जिल्लामा गरी डेंगु प्रभावितहरुको संख्या ४ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । संक्रमितको बढ्दै गएकाले सर्तक हुन तर त्रसित भने नहुन स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आईतबार भन्दा सोमबार डेंगु प्रभावितहरुको संख्या बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आईतबार ३४ जना मात्रै प्रभावित देखिएको झापामा सोमबार सम्म प्रभावितको संख्या १ सय पुगेको छ । यो संख्या अझै बढ्ने देखिएपनि त्रसित हुन भने नपर्ने उहाँले बताउनु भयो ।

ज्वरो आउने र शरिर सिथिल भएमा तत्काल अस्पताल जान समेत उहाँले सवैलाई आह्वान गर्नु भएको छ । उहाँले लामुखट्टेको टोकाईबाट सर्ने रोग भएकाले घर वरीपरी लामखुट्टे नआउने वातावरण बनाउन र टोकाईबाट बच्न आग्रह पनि गर्नु भएको छ । झापा, चितवन लगायतका केही जिल्लामा डेंगुको संक्रमण पुष्टी हुनासाथ स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा डेंगु विरुद्धको विषेश अभियान चलाइएको छ ।
महाशाखाका अनुसार चितवनमा ३ सय ६७, झापा  १ सय, पर्सामा ३, काठमाडौं, रुपन्देही र कैलालीमा २/ २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी ललितपुर, धादिङ्ग, काभ्रे, कास्की, स्याङ्गजा, बाग्लुङ्ग, बारा र सप्तरीमा एक एक जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । यो संख्या अझ बढ्न सक्ने भएकाले सतर्क हुन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ ।

डेंगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सवै ठाउमा आवश्यक किट, औषधी लगायतका उपचार सामग्री सहित चिकित्सकहरुको टोली खटाइएको डा आचार्यले जानकारी दिनुभयो ।

 झापाको दमक नगरपालिका सहित तोपगाछी र लखनपुर गाविसमा प्रभावितहरु भेटिएका छन् । मन्त्रालयले काठमाडौबाट डा. यदुचन्द्र घिमिरे र ल्याव टेक्नीसियन डवल वहादुर विसिको टोलीलाई प्रभावित ठाउमा यसअघि नै पठाइएकोमा मंगलबार किट विषेशज्ञ प्रमोद मेहतालाई पनि पठाउने भएको छ । मन्त्रालयबाट गएको टोली, जिल्ला जनस्वास्वास्थ्य कार्यालयको टोली, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली खटिएको ठाउमा एक दुई दिनपछि विश्व स्वास्थ्य संगठनका विषेशज्ञलाई पनि पठाउने तयारी भएको छ ।महाशाखाका निर्देशक डा आचार्यले सोमबार संगठनका नेपाल प्रतिनिधिलाई भेटेर विषेशज्ञ र किट सहयोगका लागि आग्रह गरेकोमा उहाँ तयार भएको आचार्यले बताउनु भयो । उहाँले प्रभावितहरुको संख्या निकै धेरै नै बढ्दै गएमा सुरक्षा निकायसँग समेत सहयोग माग्न सकिने जानकारी दिनुभयो ।

Last modified on 2017-08-11 14:46:18

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts