निःशुल्क पाइने औषधी बेच्ने अहेवसँग स्पष्टीकरण माग



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । काभ्रेको तालढुङा स्वास्थ्य चौकीका सिनियर अहेव रामपुकार यादवसंग जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले स्पष्टीकरण माग गरेको छ ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई जाँच गरी निःशुल्क दिनु पर्ने औषधीलाई चर्को मुल्यमा विक्रि गरेको समाचार आएसँगै यादवसँग स्पष्टीकरण माग गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजाराम अधिकारीले पठाउनु भएको स्पष्टीकरणपत्रमा “समाचारमा आएको जस्तो वास्तविकता के हो ? पत्र बुझेको २४ घण्टा भित्र आफै उपस्थीत भई लिखित जवाफ सहितको स्पष्टीकरण दिनुहोला” भनिएको छ ।
निर्धारित समयमा चित्तबुझ्दो जवाफ नआएमा नियमानुसार कारवही गर्न वाध्य हुने चेतावनी पनि पत्रमा दिइएको छ ।

Last modified on 2017-08-11 14:45:49

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts