ईच्छा अनुसार यौन सम्पर्क गरेरपनि किन उदास हुन्छन् महिला ?



Download our app to get more features

यौन सम्पर्कले शारीरिकका साथै मानसिक खुशी प्राप्त हुन्छ । जसले आनन्ददायक अनुभूति पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्ध बलियो हुनका साथै हाम्रो स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । तर के तपाईलाई थाहा छ सहमतिमा यौन सम्पर्क गर्नुका बाबजुदपनि महिलाहरुमा उदासिनताको भावना आउँछ ।

यो कुरा हालै गरिएको एक अनुसन्धानले दावी गरेको हो । यौन सम्पर्कपछि महिलामा उदासी क्वीन्सलैण्ड यूनीभर्सिटी अफ टेक्नोलोजीद्वारा गरिएको एक अनुसन्धानका अनुसार यौन सम्पर्कको बेला चरमसख, अत्यधिक आनन्दको अनुभूतिका साथै उदासी पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । अनुसन्धानकर्ताले सहमतिले यौन सम्पर्कका बाबजुद धेरैजसो महिलामा उदासीको भावना आउने गरेको र यो एक प्रकारले मनोवैज्ञानिक समस्या हो । 

के भन्छ अनुसन्धानले ? 

२ सय ३० महिलामा गरिएको अनुसन्धानबाट पत्ता लागेको छ कि महिलाहरु यौन सम्पर्कपछि तनाव र उदासी महसुस गर्छन् । रिपोर्टका अनुसार ५ प्रतिशत महिलाहरुले यस्तो लक्षणको बारेमा बितेको चार हप्तामा महसुश गरे । जबकी ४६ प्रतिशत महिलाहरुले यसलाई जीवनमा कमसेकम एक पटक महसुश गरे ।

अनुसन्धानकर्ताले यस सम्बन्धमा अझ बढि जानकारी दिदैँ एक महिलाले हामिलाई लेखेको पत्रमा भनिएको छ की उनको विहेको २० वर्ष वितिसक्यो र उनी यौन सम्पर्कपछि वाथरुममा गएर रुने गर्छिन् । रिपोर्टका अनुसार यो प्रायःजसो महिलाहरुका साथ यस्तो हुने गर्छ, कसैसँग धेरै भने कसैसँग थोरै । यस अवस्थामा यौन सम्पर्कपछि आफ्नो यौन साथीको राम्रो ध्यान दिनुपर्छ । यौन सम्पर्क भन्दा पहिले फोरप्ले जति आवश्यक छ त्यति नै यौन सम्पर्कपछि आफ्नो यौनसाथीसँग समय बिताउनु पनि आवश्यक छ ।
 

Last modified on 2018-08-26 06:07:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts