गर्भवती करिना अस्पताल भर्ना 



Download our app to get more features

मुम्बई । अभिनेत्री करिना कपुरलाई अस्पताल भर्ना गरिएको छ । गर्भवती रहेकी करिनालाई पश्रव पीडा भएपछि अस्पताल भर्ना गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय संचार माध्यमले जनाए अनुसार करिना छिट्टै आमा बन्दैछिन् ।

 चिकित्सकहरुले करिनालाई डिसेम्बर ४ मा डेलिभरीको मिती दिएका थिए । तर, उनलाई पश्रव पिडा भएपछि अस्पताल भर्ना गरिएको छ ।

सामन्यतया गर्भावस्थामा महिलाहरु आराम गर्न रुचाउँछन् । तर, करिना भने गर्भावस्थामा पनि सशुटिङमा व्यस्त हुनुको साथै अग बुधवार मात्र फोटोशुट गरेकी थिइन् ।

 करिना र सैफअली खानबीच १६ अक्टोबर २०१२ मा विवाह भएको थियो । करिनाकोे यो पहिलो बच्चा भएकाले पनि उनको परिवारमा नयाँ बच्चाको पर्खाइ तिब्र रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।  


 

Last modified on 2016-11-19 11:22:22

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts