भान्छाका पाँच बस्तु जसको सेवनले क्यान्सरबाट जोगाउँछ



Download our app to get more features

क्यान्सर एक खतरनाक रोग हो । शुरुको क्रममा नै क्यान्सरबारे थाहा भयो भने रोगीलाई बचाउन सकिन्छ । तर, समयमै उपचार नपाए रोगीको ज्यान समेत जान सक्छ । हामी सबैलाई थाहा भएको कुरा हो क्यान्सरको उपचार धेरै महँगो छ र सवैजना क्यान्सरको उपचार गराउन सक्षम हुदैँनन् । 

कीमोथेरेपी पद्धतीमा नै धेरै खर्च हुुने गर्छ । यस अवस्थामा उपचार भन्दा उत्तम उपाय भनेको तपाईले सावधानी अपनाउनु पर्छ । यदी तपाई चाहनुहुन्छ भने आफ्नो खानपानमा यी मसालाहरु र हरियो तरकारी तथा साग सहभागि गरि क्यान्सरको आशंकालाई कम गर्न सक्नुहुन्छ । 

१. अदुवा: अदुवा हामी सबैको घरमा प्रयोग हुने वस्तु हो । अदुवाको प्रयोगले सर्दी, खोकी र कब्जियत जस्ता समस्यालाई रोकथाम गर्दछ । अदुवालाई काचो त प्रयोग गरिन्छ नै साथै अदुवालाई सुकाएर पनि प्रयोग गर्न सकिन्छ । अदुवालाई सुकाएर पाउडर बनाई प्रयोग गर्न सजिलो हुन्छ । प्रत्येक दिन अदुवाको निश्चति मात्रामा सेवन गर्नाले सर्दी, खोकीबाट जोगाउन सकिन्छ । अदुवामा पाईने तत्वले शरीरमा क्यान्सर जस्ता रोगको खतरापनि कम गर्छ । 

२. बेसार: हामीले पकाउने तरकारी र दालको रंग पहेँलो बनाउनमा बेसार महत्वपूर्ण मानिन्छ । बेसारमा क्यूरक्यूमिन नामक एक सक्रिय यौगिक पाईन्छ जसले क्यान्सरबा बच्नमा सुरक्षा प्रदान गर्छ । यस बाहेक बेसारमा भएको एन्टि ब्याक्टेरियलले शरीरलाई अन्य संक्रमणबाट पनि सुरक्षित राख्नमा सहयोग गर्छ । 

३. खुर्सानी: खुर्सानीमा क्याप्सेसिन नामक तत्व पाईन्छ । क्याप्सेसिनले दुखाईमा राहत दिन्छ । क्याप्सेसिनले शरीरमा भएका केहि यस्ता रासायनिक तत्वलाई निकाल्छ जसले दुखाईमा राहत दिने काम गर्छ । यसका साथैँ केहि अनुसन्धानका अनुसार खुर्सानी खानाले क्यान्सरको खतरा पनि कम हुन्छ । 

४. पुदीना: पुदीनाको प्रयोगले शरीरमा भएको हैवी मेटलको नकारात्मक प्रभावलाई कम गर्नमा सहयोग पु¥याउँछ । साथैँ यसले क्यान्सर जस्तो रोगसंग लड्ने क्षमतामा पनि बृद्धि गराउँछ । 

५. लसुन: लसुनमा पर्याप्त मात्रामा सल्फर पाइन्छ । यस बाहेक लसुन आर्जि्निन, फ्लेवेनोयड्स र सेलेनियमको गुणले पनि भरपूर्ण हुन्छ । अध्ययनहरुका अनुसार, लहसुनको सेवनले पेटको क्यान्सरको खतरा कम हुन्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-07-26 13:55:46

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. If it's true neplease would be suffered veryless than the others one because almost nepalese use these spicies so it is not proper strong reason.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts