निदान हस्पिटलमा अत्याधुनिक सेवा



Download our app to get more features

ललितपुर, २२ मंसिर । ललितपुरको पुल्चोक स्थित निदान हस्पिटलले सेवा विस्तारको अवसरमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पाँच दिनसम्म चलेको शिविरमा दैनिक ८५ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको अस्पतालले जनाएको छ ।

शिविरमा निःशुल्क औषधि वितरणका साथै विशेष छुटमा इन्डोस्कोपी, कोलोनोस्कोपी, सिग्मोइडोस्कोपी, लिभर इलास्ट्रोग्राफी, जिआई एन्ड हेपाटोबिलियरी सर्जरी, इआरसिपी, एक्स–रे सेवा प्रदान गरिएको थियो । त्यसक्रममा बिरामीका पेट तथा कलेजोमा सामान्य र जटिल रोग भएको पाइएको आस्पतालले जनाएको छ । शिविरमा वष्ठि डा.ईश्वरलाल गुरुवाचार्य, डा. नीरज जोशी तथा डा. दीपेशलाल गुरुवाचार्यको नेतृत्वमा सेवा प्रदान गरिएको थियो । 

अनियन्त्रित खानपान र जीवनशैलीका कारण नेपाली समाजमा पेट तथा कलेजो रोगको समस्या बढ्दै गएको निदान हस्पिटलका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानले बताए । प्रधानका अनुसार निदान हस्पिटलले नेपालकै ठूलो र अत्याधुनिक जिआई युनिट बनाउने र स्वदेशमा नै सर्वसुलभ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

(आजको नयाँपत्रिका दैनिकमा समाचार छ) 
 

Last modified on 2017-07-23 14:39:39

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts