नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण



Download our app to get more features

काठमाडौँ,२३ मंसिर । नेपालमै पहिलोपटक सफल कलेजो प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको हो ।

पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरेपनि अस्पतालले विस्तृत जानकारी गराएको छैन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बिहिबार पत्रकार सम्मेलन गरेर मात्र प्रत्यारोपणबारे जानकारी गराइने बताए । ‘हामीलाई मन्त्रालयबाट आधिकारीक रुपमा बोल्न अनुमति छैन्,’ उनले बुधबार राति भने, ‘ विहिबार पत्रकार सम्मेलन गरेर आधिकारीक रुपमा भन्छौँ ।’

दक्षिण कोरियाका १४ सहित नेपाली चिकित्सकको टोलीले एक किशोरमा कलेजो प्रत्यारोपण गरेको हो । बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म ८ घण्टा लगाएर प्रत्यारोपण गरिएको अस्पताल स्रोतले बतायो । करिब ४२ वर्षीया महिलाले बिरामी भाइलाई कलेजो दिएकी हुन् ।

कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा भएको कलेजो प्रत्यारोपणमा चार एनएस फिजिसियन, चार सर्जन र ६ नर्स सहभागी थिए । कलेजो रोगका नेपाली विशेषज्ञ चिकित्सक पनि शल्यक्रियामा सहभागी थिए ।

कलेजो प्रत्यारोपण गर्न नेपालीले विदेश नै जानुपर्ने बाध्यता छ । चिकित्सकहरुका अनुसार भारत, जापान, चीन लगायतका मुलुकमा गएर कलेजो प्रत्यारोपण गर्दा नेपालीले लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

(आजको नयाँपत्रिका दैनिकमा समाचार छ)
 

Last modified on 2017-07-23 14:05:04

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Hamrari des nepal ma yesto kathin salyekriya safal hunu ya suru hunu vaneko kehi aasabadi kura ho jasma partek nepali lai yauta khusi ko bisaye ho ani yestai gari aagadibadhai janu parxa


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts