१७ दिनदेखि अनशनरत तिवारीलाई भेट्न स्वास्थ्य मन्त्री थापा राजविराज जाँदै



Download our app to get more features

काठमाण्डौ, २४ मंसिर । सगरमाथा अञ्चल अस्पतालको बेथिति सुधारका लागि भन्दै १७ दिनदेखि आमरण अनशनरत विकास तिवारीलाई भेट्न स्वास्थ्य मन्त्री गगन थापा आज राजविराज जाने भएका छन् । 

नेपाल सद्भावना पार्टी ‘गजेन्द्रवादी’ का अध्यक्ष समेत रहेका तिवारीले सगरमाथा अञ्चल अस्पचाल सुधारको माग गर्दै अनशन बसेका छन् । उनले आफ्नो मुख्य माग स्वास्थ्यमन्त्रीको स्थलगत निरीक्षण र सुधारका लागि पहल गर्नुपर्ने राखेका छन् । अनशनको धेरै दिन हुँदा समेत स्वास्थ्यमन्त्रीले चासो नदिएको र मिडियाले पनि गोविन्द केसीलाई ध्यान दिएको भन्दै चौतर्फी आलोचना बढेपछि तिवारीसँग संवाद गर्न मन्त्री थापा आज त्यसतर्फ जाने भएका हुन् । 

तिवारी गत मंसिर ८ गतेदेखि अस्पतालमा देखिएका बेथितीहरुलाई सुधार्नुपर्ने, चिकित्सकहरुको दरबन्दी कायम गर्नुपर्ने, देशभरका स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने माग  गरेका छन् । उनको मुख्य माग स्वास्थ्य मन्त्रीको निरीक्षण भएकाले मन्त्री थापाले तिवारीको अनशन तोडाउने सम्भावना रहेको स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।

यसैबीच, प्रा.डा.गोविन्द केसीले तिवारीको अनसनमा आफ्नो समर्थन जनाएका छन् । 

Last modified on 2016-12-10 10:22:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts