गोलभेँडाको सूपले राख्छ तपाईलाई रोगबाट टाँढा



Download our app to get more features

जाडो मौसम सुरु भएसँगै हामीलाई विभिन्न रोगहरुले सताउन थाल्छ । ती रोगहरुबाट बच्न र आफू स्वस्थ रहन हामी विभिन्न उपायहरु अपनाउँछौँ । हामीले अपनाउने उपायहरुमध्ये एक गोलभेँडाको सूप हो ।

जाडो मौसममा गोलभेँडाको सूप पिउनुको आफ्नै मजा छ । गोलभेँडाको सूपमा क्यालोरीको मात्रा निकै कम हुन्छ । यसलाई तपाई आफ्नो खानामा लिन सक्नु हुन्छ । अथवा स्टाटर सँग खान सक्नु हुन्छ । 

गोलभेँडाको सूपमा पोषक तत्व पर्याप्त मात्रामा पाइन्छ , जुन स्वास्थ्यका लागि लाभादायक  हुन्छ । यसमा भिटामिन ए, ई, सी, के र एन्टी–अक्सीडेन्ट हुन्छ । जसले तपाईलाई स्वस्थ र फिट राख्नमा मद्दत गर्छ ।

जानौँ गोलभेँडाको सूपको फाईदा ः

१. हड्डिको लागि लाभदायक ः यसमा पाइने भिटामिन के र क्याल्शियमले हड्डिलाई बलियो बनाउनमा मद्दत गर्छ । गोलभेँडाको सूप दैनिक पिउनाले शरीरमा भएको ट्यूमर न्युक्रेसिस फ्याक्टर (एक प्रकारको तत्व जुन सक्रिय भयो भने क्यान्सर हुने सम्भावना बढ्छ) लाई ३४ प्रतिशत घटाइदिन्छ ।. शरीरमा लाइकोपीनको कमीले हड्डिमाथि तनाव बढ्छ । गोलभेँडामा लाइकोपीन पनि पाईन्छ जसको नियमित सेवनले तपाई रोगहरुबाट बच्न सक्नु हुन्छ ।

२. दिमागलाई स्वस्थ राख्छ ः गोलभेँडाको सूपमा पर्याप्त मात्रामा कपर पाईन्छ, जसले हाम्रो दिमागको स्नायू प्रणालीलाई ठीक राख्छ । यसमा पोटाशियमको मात्रा पनि धेरै हुनाले दिमागलाई तेजिलो र बलियो बनाइराख्छ ।

३. भिटामिनहरुको स्रोत ः गोलभेँडाको सूप भिटामिन ए र सी का स्रोत हो । भिटामिन ए, टिशू विकासका लागि आवश्यक हुन्छ । शरीरमा दैनिक १६ प्रतिशत भिटामिन ए र २० प्रतिशत भिटामिन सी को आवश्यक्ता पर्छ, जुन आवश्यक्ता गोलभेँडाको सूप पिएर पूरा हुन्छ ।

४. तौल घटाउनमा मद्दत गर्छ ः गोलभेँडाको सूप जैतूनको तेलमा बनाएर पिउने हो भने त्यसले तौल घटाउनमा मद्दत गर्छ । यसमा पानी र फाइबरको मात्रा धेरै हुन्छ , जसले तपाईलाई लामो समयसम्म भोक लाग्दैन ।

५. क्यान्सर ः गोलभेँडाको सूपमा लाइकोपीन र क्यारोटोनोइड र एन्टी–अक्सीडेन्ट हुन्छ, जसले महिला र पुरुष दुबैमा क्यान्सर हुने सम्भावना घटेर जान्छ । हफ्ता तीन दिन गोलभेँडाको सूप पीउनाले स्तन , प्रोस्टेट क्यान्सरको सम्भावना कम हुँदै जान्छ ।

६. डायबिटीज ः डायबिटीजका रोगिहरुको खानामा गोलभेँडाको सूप दैनिक समावेश गर्नुपर्छ । यसमा क्रोमियम हुन्छ , जसले ब्ल्ड शुगरलाई नियन्त्रणमा राख्छ ।

७. रक्त सञ्चार ः गोलभेँडामा सेलेनियम पाईन्छ, जसले रक्त सञ्चालन प्रक्रियालाई बढ़ाउँछ । जसले गर्दा रक्त अल्पता हुने खतरा कम हुन्छ ।

(एजेन्सीको सहयोगमा)


 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts