स्तनक्यान्सरको सफल शल्याक्रिया

What's This?


Download our app to get more features

दाङ, २४ मंसिर । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ सैघा गाविस– ५ की ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया भएको अस्पतालका डा। रमेश बस्नेतले जानकारी दिए । । 

दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित थापामगरको सफल शल्यक्रिया गरिएको उउनको उपचारमा संलग्न डा। बस्नेतले बताए । 

जिल्लामै क्यान्सर रोगको सफल उपचार हुन थालेपछि जिल्ला तथा राप्तीमा रहेका क्यान्सररोगी चितवन, काठमाडौँ र भारत जानु पर्ने अवस्थाको अन्त्य भएको राप्ती उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ । क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने प्रयोगशाला र किमो थेरापीको व्यवस्था यहाँ नहुँदा क्यान्सर रोगीलाई समस्या पर्ने गरेको चिकित्सकको भनाई छ । 

अस्पतालका शल्यचिकित्सक रमेश बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहित चार जनाको टोलीले थापामगरको क्यान्सरको सफल शल्यक्रिया गरेको जनाएको छ । शल्यक्रियापछि उनलाई अहिले घर पठाइएको छ । रासस 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts