कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटल दशौं वर्षमा 



Download our app to get more features

काठमाण्डौ, २४ मंसिर । बुसन्धरा स्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटल दशौं बर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा केडिसी जनरल अस्पतालले बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरको छ । अस्पताल परिसरमा शनिवारदेखि सुरु भएको शिविर सोमवार सम्म चल्ने छ । सोही अवसरमा अस्पतालले २७ मंसिरका दिन नुवाकोटको समुन्द्रदेवी गाविसको गुर्जेभन्ञ्याङमा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।
 

शिविरमा सामान्य चिकित्सा, मुटुरोग, हाडजोर्नी तथा नशा, शल्य चिकित्सा, प्रसुति तथा स्त्रीरोग, बाल रोग, दन्त रोग लगायतको निशुल्क परीक्षण गरिने अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।  विहान १० बजे देखि अपरान्ह ४ बजेसम्म चल्ने सिबिरमा परीक्षणका लागि आउनेहरुलाई रगत तथा प्याथोलोजी परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरेको समेत अस्पतालले जनाएको छ । सन् २००७ मा स्थापना भएको अस्पतालले अहिले एक सय शैय्याको मल्टिस्पेस्यालिटी अस्पताल सञ्चालन गर्दै आएको छ । 

Last modified on 2017-07-16 15:22:36

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts