भक्तपुर अस्पताललाई मन्त्री थापाको निर्देशन

What's This?


Download our app to get more features

भक्तपुर २४, मंसिर । स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।
शुक्रवार भक्तपुर अस्पतालको निरीक्षणमा पुगेका मन्त्री थापाले अस्पताल अव्यवस्थितरुपमा चलिरहेको र अस्पताल फोहोर भएको पाएपछि तत्काल सुधार गर्न निर्देशन दिएका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका प्रशासन शाखाका कर्मचारीलाई अस्पतालका सेवाहरूमा सुधार गर्न निर्देशन दिए । मन्त्री थापाले अस्पताललाई सेवा विस्तार गर्न, अस्पतालको सेवामा सुधार गर्न आवश्यक प्रविधि ल्याउन र जडान गर्नलगायत अत्यावश्यक कार्यका लागि मन्त्रालयले सहयोग गर्ने बताए । उनले अस्पताल व्यवस्थापन समितिका नयाँ अध्यक्ष तीन दिनभित्र पठाएर यस अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न आफू तयार रहेकाले त्यहीअनुसार लाग्न निर्देशन दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts