लसुनका केही चामत्कारिक फाइदा !



Download our app to get more features

काठमाण्डौं, १४ चैत्र । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । लसुनको केस्रा मात्र होइन हरियो पातले पनि तरकारी स्वादिलो बनाउने मात्र नभई पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । 

लसुन प्राय हामीले दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गछौं । यसले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुर्याउँछ । नियमित लसुनको प्रयोग गर्नाले धेरै थरीका रोगहरुबाट छुट्कारा मिल्छ । 
हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिने लसुनले शरीरभित्र पैदा हुने अनेकौँ रोगहरुलाई नास गर्छ । यो धेरै प्रकारको रोगहरुको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ । केही खानुभन्दा पहिले लसुन खानुहुन्छ भने यसले तपाईंको ताकत बढाउने गर्दछ । 
लसुनमा एलिसिन भन्ने तत्वले रोग प्रतिरोधी क्षमता बढाउँछ । लसुन एकप्रकारको महत्वपूर्ण प्राकृतिक एन्टिबायोटिक हो । बिहान खाली पेटमा लसुन खानाले ब्याक्टेरिया ओभरएक्सपोज्ड हुने गर्दछ । लसुनको शक्तिले यस्ता ब्याक्टेरियाहरु आफ्नो रक्षा गर्न सक्दैनन् ।

लसुनको फाइदाहरु 
१. उच्च रक्तचापबाट बचाउँछ 
लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित राख्नुको साथ साथै  हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ । 
२. झाडा–पखाला कम गर्छ
 पेटसँग सम्बन्धित समस्याहरु जस्तै झाडापखाला आदिको उपचारमा पनि लसुन प्रभावकारी मानिन्छ । 
३. भोक बढाउँछ
यसले पाचन प्रक्रियालाई उत्तेजित गरी भोक बढाउँछ । लसुनले तपाईंको तनावलाई पनि कम गर्ने गर्छ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिड बन्नबाट रोक्दछ । 
४. श्वास–प्रणालीलाई बलियो बनाउँछ 
लसुन श्वास प्रश्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली भूमिका खल्छ । 
५. क्षयरोगमा लाभकारी
क्षयरोगमा लसुनमा आधारित यो उपचारलाई निकै लाभदायक मानिन्छ । एक दिनमा लसुनको पोटी पूरै खानुहोस् । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।

लसुनबाट वैकल्पिक उपचार

जब दुव्र्यसनी तथा कुलत छुटाउने कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवि र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सरसमेतको रोकथाममा पनि सहायक हुने गर्दछ । 
लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि दुर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन प्रभावकारी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।

लसुनको प्रयोग गर्दा सावधानी 

यदि तपाईंलाई लसुनबाट कनै प्रकारको एलर्जी छ भने यी दुई कुरामा ध्यान दिनुहोस् ( कहिले पनि यसलाई काँचो नखानुहोस् । पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्न सक्छ । ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् । 

अन्त्यमा 

यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुँदै आएको लसुनमा औषधिय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले बिरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् ।

यस्तै, साउथ अष्ट्रेलिया विश्वविद्याललयेल गरेको अध्ययनले पनि नियमित लसुनको प्रयोगले ट्युमरको सम्भावनालाई एक तिहाईले घटाइदिने गर्छ । पछिल्लो समय जियान्सु प्रोभिनिकल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १ हजार ४ सय २४ जना फोक्सोका क्यान्सर भएका मानिस र ४ हजार ५ सय स्वस्थ्य व्यक्तिहरुमा यस्तो अध्ययन गरेको बताइएको छ । लसुनको प्रभावबारे गरिएको अध्ययनले विभिन्न रोगहरूको सम्भावनालाई कम गर्ने निष्कर्ष निकालिएको छ तर, पकाएको लसुनले भने काँचो लसुनको तुलनामा कम काम गर्ने एलोप्याथिक विशेषज्ञहरुको भनाई छ । त्यसैले लसुनको प्रयोग बढाउनुस् र स्वस्थ्य रहनुस ।

Last modified on 2017-07-16 15:21:42

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. निर्मल खतिवडा on Sat, Dec 10 2016 01:22 PM

    लसुनले सबै रोग को बारेमा सबै कुरा गर्दा एउटा रोगको कुरा भएन त्यो हो पायल्स सम्बन्धि कुरा भएन ।किन हो कि त्यो चाहिँ ??


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts