Profile
भक्तपुरमा जन्म हुनु भएका Dr Jayendra Pradhananga ले SLC, EPS School नयाँ बानेश्वर र I.Sc. Vishwo Niketan High School, त्रिपुरेश्वर वाट गर्नु भएको थियो।
सन् 2005 मा वहाँले आफ्नो मेडिकल डिग्री, Novgorod State University, रसिया वाट प्राप्त गर्नु भएको थियो र नेपाल मेडिकल काउन्सिलको registered doctor हुनुहुन्छ।
Dr J P Pradhananga विगत १५ वर्ष देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको नाक कान घाँटी विभागमा कार्यरत भई विरामीको उपचारमा संलग्न हुनुहुन्छ।
His fields of interest are ENT, Healthcare Management & Aromatherapy.
नाक कान घाँटी स्वास्थ्य सेवामा विशेष रूचि राख्ने र team work मा विश्वास गर्ने Dr J P, नेपालको पहिलो नाक कान घाँटी विशेषता अस्पताल, Kathmandu ENT Hospital का founding member हुनुहुन्थ्यो र हाल सो अस्पतालमा Dr Prakash Bdr Thapa को team मा Clinician को रूपमा स्वास्थ्य परामर्श दिँदै आईरहनु भएको छ।
त्यसैगरी सन् 2021 मा स्थापना भएको National ENT Centre को संस्थापक सदस्य तथा Prof. Dr Deependra Shrestha team को member पनि हुनुहुन्छ।
समाज सेवा उद्देश्य लिएर prevention and control of deafness in Nepal नारामा स्थापना भएको Ear Health Nepal नामक एक non-profit organization को संस्थापक अध्यक्ष हुनुहुन्छ र कान रोग awareness विभिन्न कार्यक्रमहरुमा सहभागी हुदै आइरहनु भएको छ।
डा. प्रधानाङ्ग, विभिन्न संघ संस्था जस्तै गैर नेपाली आवासिय संघ (NRNA), World Newa Organization, Lions Club of Kathmandu downtown, आदि संगको सहकारीमा नेपालका विभिन्न जिल्लाहरुमा आयोजना गरिएका नाक कान घाँटी शिविरहरुमा सकृय सहभागी भई स्वास्थ्य स्कृनिगं र परामर्श दिदै आइरहनु भएको छ।
सामाजिक सञ्जालमा कृयाशिल डा. जयेन्द्र संग Facebook, Instagram @drjayen माध्यमबाट पनि परामर्श लिन सकिन्छ।
- NMC Number - 6565
- Qualification - MD
- Speciality - Senior Medical Officer
- Website - N/A