अस्वस्थकर मिठाई विक्री गर्दै आएको अनमोल स्विटसमा सिलबन्दी 

What's This?


Download our app to get more features

काठमाण्डौं, ३ कार्तिक । स्वास्थ्यलाई गम्भीर असर पर्ने गरी मिठाइ उत्पादन र बिक्रिवितरण गरेको भन्दै राजधानीको भाटभटेनी स्थित अनमोल स्विट्समा सिलबन्दी गरिएको छ । 

वाणिज्य विभाग, नेपाल प्रहरी र उपभोक्ता अधिकारकर्मीको टोलीले बुधवार स्विट्समा छापा मार्दै सिल गरेको हो । छापा मार्ने क्रममा मिठाईको भण्डारण राम्रोसँग नगरेको, झिङा भन्किएको एवं अति लापर्वाही पूर्ण तरिकाले अखाद्य वस्तु बेचबिखन  तथा न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएकाले उक्त मिठाई पसलमा सिलबन्दी गरिएको अनुगमन टोलीले हाम्रो डक्टरलाई जानकारी दिएको छ ।

उक्त मिठाई पसलबाट १४ किलो रसबरी, १२ किलो लालमोहन लगायत अन्य मिठाइ नष्ट गरेको छ । उत्पादीत मिठाईमा विषाक्त कोलिफोर्म मिसिएको हुनसक्ने आशंकामा अनुगमन टोलीले नमूना परीक्षणका लागि लगेको छ ।

कोलिफर्म मानिसको दिसामा हुने एक प्रकारको जीवाणु हो ।

Last modified on 2017-08-13 13:54:16

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. यस्ताे काम त सुरूवात हाे छापामार गर्नु भने कति छन् नेपालमा ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts