वार्षिक ९० करोडको औषधि निर्यात गर्दै नेपाल 

What's This?


Download our app to get more features

कार्तिक ७,काठमाडौं । स्वदेशी औषधि उद्योगले आफ्ना उत्पादन निर्यातका लागि बजार खोज्न थालेका छन् ।

स्वदेशी खपतको बजार हिस्सा बढाउँदै लगेका उद्योगले निर्यातका लागि  समेत बजार खोज्न थालेका हुन् । अहिले विभिन्न मुलकमा गरेर नेपालले वार्षिक करिब ९० करोड रुपैया मूल्यबराबरका  औषधि निर्यात गरिरहेको छ ।

उद्योगले सानो आकारमा रहेको यो निर्यातलाइ बढाउने प्रयासमा गरिरहेको नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले बताए । उनी सञ्चालक रहेको क्वेस्ट फर्मास्युटिकल्सले पनि निर्यातको बजार खोजिरहेको उनकाे भनाई छ ।

 अहिले अफ्रिकाका विभिन्न मुलुकमा सानो परिमाणमा औषधि निर्यात भइरहेको उनले जानकारी दिए । १०/ २० हजार डलरको आधारमा औषधि निर्यात भइरहेको छ उनले भने अहिले पूर्वसोभियत युनियनका सदस्य राष्ट्रमा पनि औषधि निर्यातको प्रयास भइरहेको छ ।

फिलिपिन्सदेखि कम्बोडियासम्म निर्यातको सम्भावना खोजिरहेको उनले बताए । 

करिब ९५ करोडको निर्यात 

व्यापार  तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आथिृक वर्ष ०७२/ ०७३ मा नेपालबाट ९४ करोड रुपैयाँबराबरको औषधि निर्यात भएको छ । अघिल्लो आव ०७१ /०७२ को पनि सोही मूल्यकै हाराहारीमा औषधि निर्यात भएको केन्द्रको तथ्यांक छ ।

स्वदेशी उद्योगले एक दशकअघिदेखि नै औषधि निर्यातको प्रयास गयिररहेको उद्योगी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

Last modified on 2017-08-13 12:10:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts