कविता – गोविन्द के.सी. उर्फ बुढा



Download our app to get more features

कि मेडिकल माफियालाई नाङ्गेझार पारौं ।
कि गोविन्द के.सी.लाई सबै मिली मारौं ।

एक हैन, दुई हैन, दस दस पटक अनसन,
हरेक पटक दलाल अनि व्यापारीलाई टेन्सन ।
सबै तह तप्काबाट गोलबद्ध भई,
भ्रष्ट अनि दलाललाई आउ अब पछारौं ।

स्वास्थ्य सेवा जनताले सहज रुपमा पाउन्,
उपचार नपाई कोही कालको मुखमा नजाउन् ।
बिचरा यी बुढा बारम्बार माग राख्छन,
उसैेले गर्छ भनी अब टाउको नबटारौं ।

योग्य र सक्षम व्यक्ति डाक्टर होओस् भनी,
जनताले सही सेवा पाउनेछन् अनि ।
छातीमा हात राखीभनौं, के यी पागल हुन् ?
हैनभने बुढासँग पाइला अघि सारौं ।

सहनु नि सीमा हुन्छ, अब अति भयो,
अर्बौंको खेलाबीच, जनता भाँडमा गयो ।
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षा सुधार गर्नलाई,
डुब्न लाको यो नाउलाई सबै मिलि तारौं ।

आशा लाग्दा गगन जी मन्त्री भा’का छौ है,
स्वास्थ्य क्षेत्र सुधार्ने मौका पा’का छौ है ।
ललीपप यी बुढाले धेरै पटक पाए,
लौन बिन्ति यस पाला यत्तिकै नटारौं ।

कि मेडिकल माफीयालाई नांगेझार पारौं ।
कि गोविन्द के.सी.लाई सबै मिलीमारौं ।



 

Last modified on 2017-06-11 17:42:33

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. Sabai Jana milera Gobinda K C Lai support garau. Let's save him. I fully agree with him.

  2. मेडिकल मा मौलाउदै गयेको येस्ता माफिया ग्रुपहरुलाइ अब त तह लगाउने बेला भाको छ । येस्मा मेरो purन समर्थन छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts