दूषित पानीले विद्यार्थी बिरामी



Download our app to get more features

तनहुँ, २३ मंसिर । क्यामिन गाविस–६ बर्लाचीस्थित सोमाजन प्राथमिक विद्यालयका विद्यार्थी दूषित पानी पिउन बाध्य छन् ।

लम्साल डाँडा खानेपानी आयोजनाको पानी खाँदै आएकोमा वि.सं.२०५२ मा पाइप काटिएपछि विद्यार्थी अव्यवस्थित खानेपानी खान बाध्य भएका विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य काजी परियारले जानकारी दिएका छन् ।

उक्त आयोजना नेपाल रेडक्रस सोइसाइटी तनहँले २०४५ सालमा सञ्चालनमा ल्याएको थियो । दूषित पानी खानु पर्दा विद्यार्थी बिरामी पनि हुँदै आएको परियारले बताए । 

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा ६० जना विद्यार्थी छन् । २०७३ साल जेठमा व्यवस्थापन समिति, अभिभावक, भद्रभलाद्मीले आयोजनाको पानी नै विद्यार्थीलाई दिने निर्णय गरेपनि विद्यार्थीले सो पानी खान पाएका छ्रैनन् ।

पानी थोरै भयो भन्दै केही उपभोक्ताले विरोध गरेकाले पानी विद्यार्थी खान नपाएका हुन् ।

(आजको गोेरखापत्र दैनिकमा समाचार छ)


 

Last modified on 2017-07-23 14:04:09

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts