काठमाडौ,१० असोज । दशै तिहारको अवसर पारेर ग्लोबल अस्पतालले बिशेष अफर ल्याएको छ । अस्पतालले पीसीआर परिक्षण ९५० मा र कोभिड भइसकेका बिरामीहरूलाई पोस्ट कोभिड परामर्श निशुल्क रूपमा गर्ने भएको छ । दशै तिहारमा घर जाने सर्वसाधारणलाई ध्यानमा राख्दै उक्त कार्यक्रम ल्याएको अस्पतालका मेडिकल डाइरेक्टर उज्वल ठाकुरले बताएका छन् । त्यस्तै अस्पतालले कोभिड डेल्टा भेरिएन्टको खतरालाई मध्यनजर गर्दै बालबालिकाका लागि अस्पतालले १० बेड भेन्टिलेटर सहित एनआईसियु बिभाग स्थापना समेत गरेको छ । त्यसैगरी अस्पताल अन्तर्गत नोभा इन्टर्नेशनल ल्याबले भ्रुण परिक्षण,एन आईपीटी,स्तन तथा ओभरियन क्यान्सर सम्बन्धी टेस्ट र एमनियोसेन्टेसिस जस्ता कार्यहरु गर्दै आईरहेको छ ।
No Information Available !!!
- Established Date - N/A
- Phone -01-5200445, 01-5201809
- Fax - N/A
- Email - [email protected]
- Website - http://www.globalhospital.com.np/