फार्मेसी अधिकृत मृत्यु प्रकरणमा छानवीन गरी दोषीलाई कारवाही गर्न चितवनका फार्मासिस्टको माग



Download our app to get more features

चितवन, ११ साउन । काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्यु प्रकरणलाई सत्य तथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न चितवनका फार्मासिस्टले माग गरेका छन् ।

भरतपुर अस्पताल परिसरमा बुधवार एक दबाब मुलक कार्यक्रमको आयोजना गरी उनीहरूले सो घटनालाई गम्भीरताका साथ लिन समेत माग गरेका छन् । एउटा कर्मचारी आफ्नै कार्यालयमा मृत भेटिनुले घटना रहस्यमय भएको भन्दै गम्भीर ढंगले अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारवाही गर्न उनीहरूले जोडदार माग गरेका छन् । आफ्ना माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट, विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो । 

यसअघि गत बुधवार भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्टहरूले सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै हातमा कालो पट्टी बाधेर विरोध गरेका थिए । त्यस्तै उनीहरूले विभिन्न मागहरू सहितको प्ले कार्ड लिएर शान्तिपूर्ण र्‍याली तथा धर्ना समेत गरेका थिए ।

गत असार २९ गते शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी स्टोर इञ्चार्ज पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । लगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गरेको थियो । जसमा पोखरेलले आफूलाई फसाउन खोजिएको उल्लेख गरेका थिए ।

चिकित्साशास्त्र अध्ययन संस्थानले आत्महत्याका सम्बन्धमा थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

Last modified on 2023-07-27 14:57:23

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts