चुरोट संसारको सबैभन्दा नराम्रो चिज : ऋतिक रोशन

What's This?


Download our app to get more features

एजेन्सी, ४ भदौ । बलिउडमा ‘चैन स्मोकर’ भनेर साहरुख खानलाई चिनिन्छ । तर, साहरुख जस्तै बलिउडमा धेरै अभिनेताहरु छन्, जो धूम्रपानलाई आफ्नो खुराक नै ठान्छन् । 

त्यसैमध्येका एक थिए, ऋतिक रोशन । उनी पनि केही वर्ष पहिले नियमित रुपमा धूम्रपान गर्थे । एकप्रकारले लतमा फसेका थिए उनी । तर, वर्तमानमा भने ऋतिकले चुरोटलाई संसारको सबैभन्दा नराम्रो चिज भनेर संज्ञा दिएका छन् । 

ऋतिकले केही दिनअघि आफ्नो फिल्म ‘मोहन जोदाडो’ को प्रचारको क्रममा भनेका थिए, ‘म चुरोटलाई संसारको सबैभन्दा नराम्रो चिज मान्छु, यो बन्नु हुँदैन ।’ उनले धूम्रपानलाई ‘नराम्रो लत’ भन्दै यसबाट छुट्कारा चाहनेहरुका लागि एउटा रोल मोडेलको जरुरी रहेको आवश्यकता औंल्याए । 

उनले भने, ‘चुरोट सेवन रोक्ने अभियानका लागि एउटा रोल मोडेलको जरुरी छ, जसले चुरोट सेवन नगर्नुको खुशिको बारेमा संसारलाई बताउन सकोस ।’  ऋतिक भन्छन्, ‘म यस्तो व्यक्तिको रुपमा रोड मोडेल बन्न मन पराउँछु, जसले धूम्रपान छोड्न संर्घष गरे र धूम्रपानबाट टाढा रहेर आफ्नो जिन्दगी खुशिका साथ बाँचिरहेका छन् ।’

आममानिसको सोचमा परिवर्तन र धूम्रपान ठिक होइन भन्ने सन्देश दिन जरुरी रहेको उनको भनाई थियो । 

Last modified on 2016-08-20 10:16:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts