चिनिले ठिक गर्छ फुटेको कुर्कुच्चा

What's This?


Download our app to get more features

एजेन्सी। कुर्कुच्चा फुटेर बाक्लो अनि कडाहुने, सेतो र खैरो छालाको लेउ लाग्ने, पिलपिल रगत बग्ने जस्ता समस्याले तपाँइलाई पक्कै पनि सताइरहेको होला ।

यस्तो समस्या वृद्धवृद्धाहरूलाई मात्रै नभएर युवा युवती तथा प्रौढहरूमा पनि देखिन्छ । यसलाई कसैले ‘कुर्कुच्चा फुटेको’ भन्ने गर्छन तर चिकित्सकहरुका अनुसार यो ‘फुटेको’ होइन यो त नियमित प्रक्रिया हो । शरीरको प्रतिरक्षा प्रणालीको नियम अनुसार जब हाम्रो शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ भने हाम्रो कोमल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ । यो कडा छालालाई ‘क्यालस’ (अबगिक) भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ ।

तर यसलाई बेलैमा सफा नगरे, यसले विकराल रूप लिन सक्छ र निको नहुने गरी त्यहिँ टाँस्सिएर बस्न सक्छ । त्यसैले नियमित हामीले पैतालामा टाँसिएर बसेको ‘क्यालस’लाई नियमित सफा गर्नुपर्छ । यसरी सफ गर्न सबैभन्दा सनिलो घरेलु उपाय चिनिको प्रयोग हो ।

 कसरी गर्ने त सफा चिनिले ?
आधा गिलास चिनी एउटा सफा भाँडामा राख्नुहोस् ।

त्यसमा चिनीको आधा भाग जति मन तातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् । र बाक्लो लेदो बनाउनुहोस् ।

यस मिश्रणमा पुदिना मिसाउन भयो भने तपाँइको पैतालाको नरम छालालाई सुरक्षित बनाउन सक्नुहुन्छ ।

यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा हुने गर्दछ ।

Last modified on 2016-10-14 16:51:32

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. राम्रो छ


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts