मानवअंग प्रत्यारोपण नियावली पास, अब 'ब्रेन–डेथ' भएका मानिसको अंग प्रत्यारोपण गर्न सकिने

What's This?


Download our app to get more features

काठमाडौं, १७ मंसिर । सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ पारित गरेको छ । नियमावली पारितसँगै नेपालमा ‘ब्रेन डेथ’ भएका मानिसबाट विभिन्न अंगहरु निकालेर अर्को व्यक्तिमा प्रत्यारोणको बाटो खुलेको छ । 
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले आठ वर्षदेखि अल्झिएर बसेको मानव अंग प्रत्यारोपण सम्बन्धी नियमावलीलाई पारित गरेको हो ।  
मन्त्री परिषद्को विधयेक समितिले नियमावली पारितसँगै दुर्घटना तथा अन्य कारणबाट हुने ब्रेन डेथ (मस्तिष्क मृत्यू) भएका मानिसहरुको अंगलाई प्रत्यारोण गर्न पाईने भएको छ । 
मानव अंग प्रत्यारोण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नियमावली बने पछि अब प्रत्यारोपणको पर्खाईमा बसेकाहरुलाई सहज हुने बताए। विभिन्न अध्ययनको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै हरेक वर्ष एक हजार जना भन्दा बढीको ब्रेन डेथपछि मृत्यु हुने गरेको छ । डा श्रेष्ठका अनुसार ब्रेन डेथपछि मृत्यु भएएकाहरुबाट दुई वटा मृगौला, दुई वटा फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा, आँखा लगायतका आठ वटा मानवअंगलाई अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । आठ वटा अंग प्रत्यारोपण गर्न मिल्ने भए पनि नेपालमा तत्कालका लागि मृगौला प्रत्यारोपणलाई प्राथकिमता दिइने केन्द्रका निर्देशक डा। श्रेष्ठको भनाई छ । ब्रेन डेथ भएका मध्येबाट २० प्रतिशतको मात्र अंग निकाल्न सकियो भने पनि करिब चार सय जनाको मृगौला प्रत्यारोण गर्न सकिने डा।श्रेष्ठको दावी छ । 
आठ वर्ष देखि अल्झिएको नियमावली स्वास्थ्य मन्त्री गगन कमुार थापाको पहल र तदारुकतामा पारित हुनुले आफूहरुलाई उत्साहित बनाएको केन्द्रका निर्देशक डा. श्रेष्ठले बताए । नियमावलीले विशेष गरि मृगौला प्रत्यरोणको लागि पर्खाइमा बसेकाहरुलाई फाइदा पुग्ने छ । अंग प्रत्यारोपणका लागि महिलालाई प्राथमिकता दिइने व्यवस्था पनि नियमावलीमा गरिएको छ । 
ब्रेन डेथ भएकाहरुको परिवारका सदस्यहरुले अंगदान गर्ने अनुमति दिएमा वा मृतकले मृत्यू पूर्व अंगदान गर्ने अनुमति दिएको अवस्था ब्रेनडेथ भएका मृतकको अंगलाई प्रत्यारोपण गर्न सकिने डा। श्रेष्ठले जानकारी दिनुभयो । अवदेखि हरेक अस्पतालले कसैको बे्रन डेथबाट मृत्यु भएमा तत्काल मानव अंग प्रत्यारोपण केन्द्रलाई खवर गर्नु पर्ने र अंग प्रत्यारोपण गर्नु पर्ने व्यक्तिले केन्द्रमा सुचिकृत हुनु पर्ने व्यवस्था पनि नियमावलीमै गरिएको छ । 
नेपालमा अहिले सम्म मानव अंग प्रत्यारोपण सम्बन्धी ऐन भए पनि नियमावलीको अभावमा नातेदारले मात्र अंग दिन पाउने व्यवस्था थियो । तर ब्रेनडेथ भएकाहरुको अंग पुन प्रयोगमा ल्याउन पाइने व्यवस्था भने थिएन । मानव अंग प्रत्यारोपण केन्द्रले ब्रेनडेथ भएकाहरुको अंगलाई सुरक्षित तबरले निकाल्ने र तत्काल प्रत्यारोपण गर्न स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरिसकेको छ 

Last modified on 2016-12-02 23:09:12

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Dr Pukar I am interested in working together with you plz arrange health worker training


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts