रहेनन् कलाकार ‘लाजालाम’ आरपी भट्टराई

What's This?


Download our app to get more features

काठमाडौं, २४ मंसिर । कलाकार तथा गायक आरपी भट्टराई ‘रुद्रप्रसाद’ (आरपी) भट्टराईको निधन भएको छ । लामो समयदेखि विरामी रहेका भट्टराईको शुक्रबार विराटनगरस्थित उनको फुपुको घरमा  निधन भएको हो ।

उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए । त्यसमा पनि तीतो–सत्यमा ‘लाजालाम’ को चरित्र उनको निकै लोकप्रिय थियो । उनी गायक पनि हुन् । उनले गीति एल्बम पनि निकालेका छन् । भट्टराई सुगर र प्रेसरबाट पीडित रहेका थिए । ‘चार दिनअघि आरपीले विराटनगर घर जान्छु भनेको थियो, आज ऊ संसारमा रहेन,’ कलाकार दिपकराज गिरीले बताएका  छन् ।  

उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा छिन् । अस्वाभाविक मोटाइका कारण उनी सधैं चिन्तित थिए । मोटाइकै कारण आफूले धेरै चलचित्रमा काम गर्न नसकेको गुनासो गर्थे । कलाकार दिपकराज गिरीको भनाई छ । तितो सत्यका चर्चित मेलो नाम लाजालाम बुलाथोकी भन्ने पात्र अर्थात हास्यकलाकार आर पि भट्टराईको ४२ बर्षको अल्पाअयुमै स्वर्गरोहण भएको हो । केही दिन अघि बिराटनगर घर गएका थिए उनी फुपुको घरमा सुतिरहेकै अबस्थामा मृत भेटिएका हुन । कलाकार भट्टराई मोटो शरिर सँगै प्रेसर सुगरलेले गर्दा चिन्तित रहेको बताइन्छ  । 

Last modified on 2016-12-10 11:11:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts