पाटनको परिक्षाफल प्रकरण थप विवादित, अख्तियारदेखि अदालतसम्म मुद्दा
काठमाण्डौं, २१ मंसिर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस सातौैं समूहको प्रवेश परीक्षको परीक्षाफल प्रकाशनको विषयलाई लिएर विद्यार्थीहरुको आन्दोलन चर्किएको छ ।
गत बुधवार प्रकाशित परिक्षाको नतिजामा त्रुटि भएको भन्दै प्रतिष्ठानले दोस्रो पटक परीक्षाको नतिजा प्रकाशित गरेपछि विद्यार्थी पहिलो प्रकाशितलाई नै लागु गर्नुपर्ने मागका साथ आन्दोलित भएका हुन् ।
नियमानुसार पहिलो परीक्षाको नतिजा सार्वजनिक गरेपछि दोस्रो सार्वजनिक गर्न नपाउने उनीहरुले बताएका छन् । विद्यार्थीको आईडी नम्बर कोडिङ र डिकोडिङ गर्ने क्रममा प्राविधिक गढबडीका कारण गलत आइडी नम्बर प्रकाशित भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताउँदै आएको छ ।
तर विद्यार्थीहरु भने सो कुरा मान्न तयार छैनन् । यदि यस्तो समस्या थियो भने पहिलोमा तीन सय ७७ विद्यार्थीको लिस्ट प्रकाशित गर्ने दोस्रोमा तीन सय ८० कसरी हुन्छ भन्दै विद्यार्थी प्रवेश प्ररीक्षामा सामेल नै नभएको पनि नाम प्रकाशित भएको भन्दै विद्यार्थी सुवोध आचार्यले आक्रोश पोखे ।
उनीहरुले प्रतिष्ठान प्रसाशनको विरोध गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । आक्रोशित विद्यार्थीहरुले थप छानवीनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् । आचार्यले भने आज हामी सर्वोच अदालतमा समेत मुद्धा दायर गर्दैछौं ।
उनीहरुले पहिलेकै परीक्षफल लागु गर्नु पर्ने, डीनले राजिनामा दिनु पर्ने जस्ता माग अघि सारेका छन् । पहिलो परीक्षाफल प्रकाशित भएपछि सरकारले थप छानवीनका लागि भन्दै समिति बनाएर दोश्रो परीक्षाफल प्रकाशित गरेपनि विद्यार्थीहरुको असन्तुष्टि भने कायमै छ ।
1 Comments
-
पहिलोपटक कै परिक्षाफल कायम गर्ने भन्दा अब चाहिँ पुरै पारदर्शी तवर बाट पुनः चेक गर्नु पर्छ ।।।।।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>